ईन्जिनियरहरुमा चुनावी रौनक: लुम्बिनी प्रदेशमा ई.जयलाल मरासिनीको उम्मेदवारी

मेचीकाली संवाददाता

२१ श्रावण २०८१, सोमबार
291 shares

बुटवल । नेपालमा रहेका दर्तावाला ईन्जिनियर तथा आर्किटेक्टहरुको छाता सस्था नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचन नजिकिदै जाँदा ईन्जिनियरहरुमा चुनावको रौनक बढिरहेको छ ।

केन्द्रको र सातै प्रदेशको नेपालभर एकै दिन भाद्र २८ गतेको लागि तोकिएको निर्वाचनमा लुम्बिनी प्रदेशमा समेत माहोल तातेको छ । ३ फरक फरक संगठनबाट ३ वटा प्यानल बनाएर चुनावमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमाले निकट पिनबाट ई. जयलाल मरासिनी, काङ्ग्रेस निकट सिडेनबाट ई. महेश्वर लम्साल र माओवादी निकट नियोनबाट ई. धर्मराज अर्याल लुम्बिनी प्रदेशको सभापतिको लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समिति सदस्य ई. हेमराज शाहीले जानकारी दिए ।

प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल(पिन)बाट ई. जयलाल मरासिनीको नेतृत्वमा प्रदेशबाट केन्द्रिय सदस्यमा ई. बलराम पौडेल, उपसभापतिमा प्रभा पाण्डे, सचिबमा ई. शिशिर ज्ञवाली क्षेत्री, सह(सचीवमा ई. प्रदीप घिमिरे र कोषाध्यक्षमा ई. राजु ढकालले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यहरुमा सोहि प्यानलबाट ई. विमल कँडेल, ई.निशा बेल्बासे, ई. सुवर्ण न्यौपाने, ई. तिलक चलाउने, ई.सुभाष पुलामी, ई. सुनिल केसी, ई.वल्लभ भण्डारी, ई. विपिन पौडेल, ई. आकास पराजुली र ई. बिबेक पन्थीको उम्मेदवारी रहेको संगठनका केन्द्रिय उपाध्यक्ष ई. दुजेन्द्र बस्नेतले जानकारी दिए ।

सडक विकासमा जोडिने एउटा नाम– ई.जयलाल मरासिनी
लामो अनुभव परिपक्व व्यक्तित्व

रुपन्देहीको सियारी गाउँपालिका ६ का स्थाई बासिन्दा ई. जयलाल मरासिनी सडक क्षेत्रमा अत्यन्त सफल र सक्षम नामको रुपमा लिने गरिन्छ ।

फिलिपिन्सबाट बिएससिई तथा पोखरा युनिभर्सिटीबाट निर्माण व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका मरासिनी हाल ६० वर्षको उमेरमा समेत ईन्जिनियर तथा ईन्जिनियरिङ क्षेत्रमा परेका समस्यालाई समाधान गर्न कटिबद्ध रहने गरेका छन् । सडक डिभिजन कार्यलय बुटवलको कार्यलय प्रमुखको रुपमा सक्रिय तथा उर्जाशिल समय विताएर सेवा निवृत्त व्यक्तित्व हुन् मरासिनी ।

३७ वर्षको कार्य अनुभव सहित बुटवल कार्यलयको प्रमुखको रुपमा आउनासाथ बुटवल–बेलहिया ब्यापारीक मार्गको ६ लेन सडक अन्तर्गत चौराहा–गोलपार्क सडक खण्डको ६ वर्ष देखीको सडक विस्तारको अवरोधलाई पन्छाएर एकाएक डोजर लिएर सडकमै पुग्ने ईन्जिनियरको रुपमा परिचय समेत बनाएका छन् ।

लामो अनुभव र एउटा परिपक्व पुस्ताबाट पिन लुम्बिनी प्रदेशको तर्फबाट सभापतिमा उम्मेदवारी दिदै लुम्बिनी प्रदेशमा पिनको एउटा दरिलो युवा पुस्ताको टोलिको नेतृत्व गर्दै उम्मेदवारी दिएको र पाका पुस्ताको अनुभव र युवा पुस्ताको जोस सहित नेपाल ईन्जिनियर्स एसोसिएसनलाई सबैको साझा बनाउने लक्ष्य सहित आफ्नो संगठनले उम्मेदवारी दिएको पिन लुम्बिनी प्रदेश अनुशासन आयोगका अध्यक्ष ई. एनएस भण्डारीले दावि गरे ।