बेहाल छन् ग्रामीण सडक (फोटो फिचर)

मेचीकाली संवाददाता

२४ श्रावण २०८१, बिहीबार
279 shares

बुटवल । सडकलाई पूर्वाधार विकासको एउटा महत्वपूर्ण पाटो मानिन्छ । तर, अधिकांश सडक न सुरक्षित छन्, न त भरपर्दा नै । अहिले अधिकांश ग्रामीण सडक पहिरोले बेहाल छन् । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरका गुल्मी, पर्वत, बाग्लुङका अधिकांश खण्ड पहिरोले अबरुद्ध बनेका छन् । पहाडी भेगका अधिकांश ग्रामीण सडक अहिले वर्षात्ले बेहाल भएका छन् । नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत भएर गाडी चले पनि वर्षायाम लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले प्रभावित भएको अवस्था छ ।

सार्वजनिक यातायातको सेवा नियमित सञ्चालन नहुने अधिकांश गाउँमा पछिल्लो केही समय सडक पु¥याउने होडबाजीले प्राविधिक अध्ययन बिना जथाभावी डोजरको प्रयोग गरेर खनिएका अधिकांश सडक हरेक वर्षायाममा अबरुद्ध हुने गरेका छन् । यस्ता सडकको नियमित मर्मतसम्भार गर्न उपकरणसहित विशेष संयन्त्र बनाउन जरुरी छ । पहिरोले तलबाट पनि तान्ने र माथिबाट पनि पुर्ने गरेको कालीगण्डकी करिडोरको गुल्मी रुद्रवेनी–हर्मिचौर–पूर्तिघाट खण्ड । मुलुकको रणनीतिक महत्वको र राष्ट्रिय गौरवको यो सडकले कैयौं गाउँलाई यातायातमार्फत जोडेको छ । भारत र चीनलाई जोड्ने सबैभन्दा छोंटो दूरीको यो करिडोरका कतिपय खण्डमा अहिले पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । तस्बिरः अमृत गिरी/मेचीकाली