मायादेवी गाउँपालिकाको बजेट ६८ करोड ९१ लाख

मेचीकाली संवाददाता

२५ श्रावण २०८१, शुक्रबार
340 shares

 

तुलसीराम पौडेल —

रुपन्देही ,श्रावण २५ 

रुपन्देही स्थित मायादेवी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को लागि  ६८ करोड ९१ लाख ५३ हजार (संचित कोषबाट खर्च हुने मात्र ) सन्तुलित बजेट प्रस्ताव गरिएको छ। बुधबार सम्पन्न मायादेवी गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले आर्थिक वर्ष ०८१/०८२ को लागि उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।जसको चालू तर्फ ४० करोड ८७ लाख ३६ हजार रुपैयाँ  (५९.३१%) र पुजिगत तर्फ २८ करोड ४ लाख १७ हजार रुपैयाँ (४०.६९ % ) प्रस्ताव गरिएको छ। बजेट आम्दानी स्रोत अन्तरगत संघीय समानिकरण अनुदान १३ करोड ८३ लाख रुपैयाँ ,संघीय सशर्त अनुदान २७ करोड ७८ लाख २९ हजार रुपैयाँ ,संघीय समपुरक अनुदान एक करोड पच्चीस लाख ,संघीय राजश्व बाडफाड ११ करोड ५१ लाख ,प्रदेश समानिकरण अनुदान ९७ लाख १५ हजार ,प्रदेश सशर्त  अनुदान ८० लाख ,प्रदेश समपुरक ७० लाख रुपैयाँ ,प्रदेश राजस्व बाडफाड ४७ लाख ९ हजार र आन्तरिक आय बैंक मौज्दात ११ करोड ६० लाख रुपैयाँ अनुमानित गरिएको छ।

बजेटको क्षेत्रगत विनियोजन अन्तरगत आर्थिक विकास तर्फ ३ करोड ७९ लाख ३ हजार रुपैयाँ (५.५०%) ,सामाजिक विकास तर्फ २० करोड ९५ लाख २० हजार(३०.४०%) ,पुर्वाधार विकास तर्फ २८ करोड ३२ लाख ४१ हजार(४१.१०%)  ,वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ १ करोड ५१ लाख ६१ हजार (२.२०%) ,संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १४ करोड ३३ लाख ४३ हजार रुपैयाँ ( २०.८०%) विनियोजन गरिएको छ ।