परियार सेवा समाज अर्घाखाँचीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

३० श्रावण २०८१, बुधबार
355 shares

अर्घाखाँची । परियार सेवा समाज अर्घाखाँचीको पाँचौँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले रमेश परियारको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । जसको उपाध्यक्ष विजया परियार, सचिवमा रन्जित परियार र कोषाध्यक्षमा शिव परियार चयन भएका छन् ।

अधिवेशनको समाजका केन्द्रीय सयोजक डिबी परियारले उद्घाटन गर्दै समाज नर्सरी पाठशालाको रुपमा अघि बढ्न खोजेको बताए । दलित समुदायका मान्छेहरु लाई सामाजिक उन्नति प्रगति अन्याय अत्याचार शोषण दमनको निम्ति पैरवी गर्ने आफ्ना पुख्र्यौली पेशालाई सुनिश्चितता गर्दै सामूहिक व्यवसायमा जोड दिने तथा पूर्खाहरु धार्ने कामी, मनिराम गाइने, लाटो कामीहरुको इतिहासलाई खोज्नु पर्ने, नागरिकता बनाउन्दा नामथर लेख्ने ठाउँमा दलित मात्रै जात लेख्ने गरेकोमा समेत सम्बन्धी पक्षको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिएका थिए ।

यस्तै समाजका केन्द्रिय संयोजक डिबी परियारको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा समाजका पूर्वउपाध्यक्ष खड्क दर्नाल, केन्द्रिय सदस्य अन्जान गौतम परियार, जिल्लाका संस्थापक अध्यक्ष रामबहादुर परियार, प्रदेश सदस्य जंग परियार, पूर्वअध्यक्ष रुद्र सुनाम, नि.वर्तमान अध्यक्ष मनिराम परियारलगायतको उपस्थित रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष रमेश परियारको अध्यक्षता तथा पूर्वकेन्द्रिय सदस्य बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।