लियो क्लब अफ बुटवलद्धारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

८ भाद्र २०८१, शनिबार
415 shares

बुटवल । लियो क्लब अफ बुटवलको आयोजनामा शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ११७ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रतिक ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सन्दिप कशौधनले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि यूवालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

लियो क्लब अफ बुटवलका अध्यक्ष प्रतिक खनालले पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भइरहेको र मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

यस्तै कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, सलाहकार नरेशकुमार श्रेष्ठ लगायतले बोल्दै रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको बताए । रक्तदानपछि रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरीएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही, रक्त सञ्चार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रमको सञ्चालन सचिव पंकज शर्मा गौतमले गरेका थिए । क्लबले रक्तदान, सरसफाई, स्वास्थ्य सचेतना लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको छ ।