गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
969 shares

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।