सिनर्जीको भलवाडमा सेवा केन्द्र स्थापना

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
810 shares

पार्बती आचार्य
कपिलवस्तु । समृद्धिका लागि सहकार्य भन्ने मूल नाराकासाथ सिनर्जि बहुउद्धेश्य सहकारी संस्था लिमिटेड वाणगंगा–९ भलवाड सेवा केन्द्रको शुभारम्भ गरिएको छ । सेवा केन्द्र शुभारम्भ गर्दै प्रदेश सासंद विष्णु पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले कार्य गर्नुपर्नेमा जोड दिएका छन् । कृषिसँग सम्बन्धित विभिन्न चिजहरुको उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी वृद्धी गर्न संस्था सक्रिय रुपमा लाग्नुुपर्ने बताए ।

बाणगंगाका ६ वटा सहकारी मर्जगरी बनाइएको सिनर्जीले आधुनिक वित्तीय मोडल अनुसार कर्जा पु¥याउन सक्ने सासंद पन्थीले विश्वास पनि व्यक्त गरे । पहिले नै केही सहकारी संस्थाहरु रहेको भलवाडमा सहकारीहरुका बिचमा प्रतिश्पर्धा हुने भन्दै भलवाडमा अझै क वा ख बर्गका बैँकहरुको आवश्यक रहेको र त्यसका लागि बैँकको शाखा संचालनका लागि पहल गर्ने बताए ।

सो कार्यक्रममा परम्परागत कृषि प्रणालीमा परिवर्तन गरी सहकारी संस्थाले व्यवसायिकलाई जोड दिनु पर्ने पन्थीले बताएका थिए । त्यस्तै वाणगंगा नगरका उपप्रमुख तथा कार्यक्रममा विशिष्ट अतिथी चक्रपाणि अर्यालले नगरको दुरदराजमा रहेका वडाहरुमा संस्थाले सेवा प्रदान गरेकोमा धन्यवाद दिएका थिए । वित्तिय सबल, उत्पादन मुखी, रोजगारमुखी र यस सहकारीका शेयर सदस्यहरुलाई लगानीमा सबल र आत्मनिर्भर बन्न टेवा पुग्ने बताए ।

त्यस्तै लुम्बिनी प्रदेश सहकारी संस्थाका लेखा संयोजक तेज प्रसाद आचार्यले सिनर्जी सहकारी संस्थाले ६ वटा संस्थालाई एकताबद्ध गर्ने काम गरी वाणगंगा नगरमा सशकारी अभियानमा एउटा नमूना पालिकाहुनेमा सफलता मिल्ने वताएका थिए । कार्यक्रममा वडा अध्यक्ष धुर्व वेल्वासे तथा सिनर्जी सहकारी संस्था भलवार्ड शाखाका संयोजक धुर्व वेल्वासेले सिनर्जी संस्था अन्य सहकारी भन्दा पृथक उद्धेश्यकासाथ स्थापना भएकोले यस सहकारीले बढी भन्दा बढी लाभ शेयर सदस्यलाई प्रदान गरिने बताए । वित्तिय सहकारीसंग समन्वय गरेर अगाडि बढ्ने बिषयमा जोड दिंदै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन प्रकट गरेका थिए ।

यस्तै संस्थाका अध्यक्ष लक्षमण वेल्वासेले गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य अनुसार संस्थाले शेयर पूँजी वृद्धि गर्न सफल भएको बताए । यस वर्ष शेयर सदस्यलाई १८ प्रतिशत लाभांस वितरण गरिने छ । संस्थाले कारोबारमा उत्पादन मुखि, व्यवशायिक मुखि गर्ने रणनिति रहेको जाकारी दिएका थिए । भलवार्ड शाखामा हाल १ सय ८३ शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाले १ हजार शेयर सदस्य पु–याउने लक्ष्य रहेको वताएका थिए ।