फर्साटिकरमा शुद्दोधन बृहत् तिज गित प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१६ भाद्र २०८१, आईतवार
365 shares

तुलसीराम पौडेल —

फर्साटिकर, भाद्र १५ 

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर -४ सौ फर्साटिकरमा शुद्दोधन बृहत् तिज गित प्रतियोगिता शनिबार सम्पन्न भएको छ। शुद्दोधन गाउँपालिका वडा नम्बर -४ सौ फर्साटिकरमा स्थित सौ फर्साटिकर व्यापार संघको आयोजनामा संचालित शुद्दोधन बृहत् तिज गित प्रतियोगितामा शुद्दोधन लगायत  छिमेकी सियारी गाउँपालिका र बुटवल उपमहानगरपालिका अन्तर्गतका टिम सहित २० वटा टिमहरु सहभागी भएका थिए ।

 प्रतियोगिताको प्रथम पुरस्कार नगद २० हजार ,दोस्रो १५ हजार ,तेस्रो १० हजार, सान्त्वना र विधागत तर्फ ५/ ५ हजार  निश्चित गरिएको थियोे । कार्यक्रममा रास्टिय कलाकारहरु बैकुण्ठ महत र पुर्ण कला जिसिको बेजोड प्रस्तुति रहेकोे थियोे ।

शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले प्रतियोगिता एक कार्यक्रमका बीच उद्दघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सौ फर्साटिकर व्यापार संघद्वारा आयोजित तिज गित प्रतियोगिताले नेपाली मौलिक संस्कृती परम्पराको   रक्षा हुन सहयोग हुने बताउनु भयो।

शनिबार सम्पन्न बृहत् तिज गित प्रतियोगितामा तिलोत्तमा अङ्ग्रेजी माविको समुह प्रथम हुन सफल भएको थियोे ।त्यसै गरि नव जागृती आमा समूह दोस्रो भएको थियो भने फर्साटिकर माविको समूह तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा   ड्रीम भिजन स्कुल अफ फर्साटिकर र शान्तिनगर पथ समुह सान्त्वना भएका छन् भने वेस्ट भोकल विधामा दिदी बहिनी आमा समुह सफल भएका छन् ।

सौ फर्साटिकर व्यापार संघका अध्यक्ष लालमणी श्रेष्ठको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका प्रबक्ता एवं वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारीको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सौ फर्साटिकर ब्यापार संघका सल्लाहकार एवं पुर्व अध्यक्षहरु दामोदर पङ्गेनि ,गोविन्द घिमिरे , वडा नम्बर -२ का अध्यक्ष कमल खड्का ,सौ फर्साटिकर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजेश्वरी सिंह लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शोभा कुमारी आलेको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संस्थाका सचीव बिष्णु पङ्गेनिले गर्नुभएको थियोे भने सास्कृतिक कार्यक्रमको संचालन रवि रानाले गर्नुभएको थियोे ।