असहायको सहयोगार्थ दिलसराको च्यारीटी सो हुँदै

मेचीकाली संवाददाता

१७ भाद्र २०८१, सोमबार
256 shares

बुटवल । ऐतीहासीक रुपमा रहेको मगर समुदाय संस्कृतीमा धनी भएतापनी आफ्नो सस्कृती जोगाउन समस्या भएका बेलामा पछील्लो समय संस्कृती जोगाउन पहल सुरु भएको छ । यसका लागी बिभीन्न बिधा मार्फत यो अभियान हुदै आएको छ । संस्कृतीलाई ब्यबसायीक नबनाउदा सम्म र पुस्तान्तरण नभएसम्म यो समस्या सधै रहनेछ । त्यसैले संस्कृतीमा ब्यबसाय र युगौ युगसम्म रहने बनाउने गरी चलचित्र बिधा मार्फत संस्कृती बचाउन थालीएको लामो समय भएको छैन ।

यसका लागी हाल मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को विभिन्न जिल्लामा प्रर्दशन गरिने भएको छ । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को बुटवलको मिलन हल तनहुँको थर्पु र पाल्पाको रामपुरमा प्रर्दशन गर्न लागिएको हो । मगर संसारले यसको संयोजन गर्ने भएको छ । मगर संसारले बिभीन्न समयमा करीब २०० जनालाई राहत बितरण गरीएको प्रीया रानाले बताईन राहत संलन गर्ने र दुख परेको बेलामा यही कोष मार्फत आपतकालीन सहयोग गर्ने मगर संसारले बताएको छ । अनाथ, असहाय,बिभीन्न प्रकृतीका बिरामी जो आर्थीक अभाबले ज्यान गुमाउने अबस्थाका बिरामीलाई मगर संसारले सहयोग गर्दे आएको छ ।

यसका लागी रुपन्देहीको बुटवलस्थित मिलनचोकमा यही भाद्र २९ गते र पाल्पाको रामपुरमा असोज ३ गते प्रर्दशन गर्न लागिएको निर्माता टिमले जानकारी दिएको छ ।

राहत कोष निर्माण गर्न प्रर्दशन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए ।नेपाली भाषामा निर्मित मगर समुदायमा आधारित चलचित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र हो । १० वर्ष मुनि का बालबालीका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले भने च्यारीटी सो निःशूल्क हेर्न पाउने उनले जानकारी दिए ।

यो चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ । मगर समुदायमा लाहुरे प्रथा हुने र घर सञ्चालन नारीको हातमा हुने भएकाले यो कथालाई प्राथमीकतामा राखेको छ।

‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।

चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर खबपु, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।