एचएम अध्ययन गर्नेको रोजाइमा पाणिनी कलेज

मेचीकाली संवाददाता

२२ भाद्र २०८१, शनिबार
365 shares

बुटवल, । स्थापनाको छोटो समयमा बुटवलको पाणिनी कलेज अफ हस्पिटालिटीमा डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीको रोजाइमा परेको छ । अहिले होटल व्यवस्थापन पढ्ने विद्यार्थीको शैक्षिक गन्तव्य बन्ने दिशामा पाणिनी कलेज अघि बढेको छ । वृहत् सोचसहित यस क्षेत्रका शैक्षिक व्यक्तिहरुले वि.स.२०७४ मा बुटवल–८ सुख्खानगरमा स्थापना भएको कलेजमा अन्य छोटो समयका कोर्षहरु बारिष्टा, कुकिङ, हाउस किपिङ, वेटर, बेट्रेस, बेकरी एण्ड क्याफे, सुसी, बार टेडिङलगायतका कोर्षहरु पनि सञ्चालनमा छन् । छोटो समयका कोर्षहरु तीन महिने हुन् । डिएचएमको कोर्ष भने, एक वर्षे हो । कलेजका डाइरेक्टर जनकराज भुसालले हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने गरी स्थापना भएको कलेजमा विद्यार्थीको रोजाइमा रहेको बताए ।
डिएचएम पढेका विद्यार्थीको विश्व बजारमा अहिले अत्याधिक माग छ । पढाइपश्चात रोजगारीको ग्यारेन्टी हुने भएकाले पनि यो विषयमा आकर्षण बढ्नु स्वभाविक हो । यसको अर्को विशेषता भनेको पढाइसँगै देश तथा विदेशका चार÷पाँचतारे होटलमा तालिमको अनुभव प्राप्त गर्नु हो । पढाइपछि युरोप र अमेरिकालगायत विश्वका आकर्षक गन्त्व्य भएका देशमा रोजगारीका लागि जाने हुँदा यस्ता सिपमूलक कोर्षमा विद्यार्थीहरू इच्छुक भएको भुसालको भनाइ छ ।
६५ जना विद्यार्थीबाट सुरु गरिएको कलेजमा वार्षिक २०० भन्दा बढी विद्यार्थीले डिएचएम तथा अन्य कोर्सहरू पढ्दै आइरहेका छन् । विदेश जाने तथा स्वदेशमै केही गरौँ भन्नेहरूको रोजाइमा डिएचएम र छोटो समयका तालीमहरु पर्छन् । भुसालले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण विद्यार्थीले यो कोर्ष पढन सक्ने बताए । कलेजमा पढ्नको लागि शुल्क पनि त्यति महंगो राखिएको छैन । कलेजका अध्यक्ष गोपाल घिमिरेले विद्यार्थीको चाप भए पनि क्षमता कम हुँदा आएका सबै विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभएको बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयको सम्बन्धनमा ‘समुदाय संगै विश्वविद्यालय’ कार्यक्रमकअन्तर्गत कलेजले तालीमपछि प्लेसमेन्टको लागि दर्जन होटलसँग सम्झौता गरेको छ । काठमाडौं, पोखरा, बुटवल, भैरहवाका स्टार लेबलका होटलसम्म साझेदारी गरेको कलेका अर्का डाइरेक्टर देवराज शर्माले बताए । आजको प्रतिष्पर्धी समयमा कुनै पनि क्षेत्रमा दक्ष नभइकन रोजगारी पाउन कठिन छ । यसका लागी होटल मेनेजमेन्ट जस्तो युग सुहाउँदो विषयका महत्व धेरै रहेको यसै संस्थाको प्रवन्ध निर्देशक गुरूदत्त पौडेलले जोड दिए ।