रेप्सा रुपन्देहीको आयोजनामा विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

२८ भाद्र २०८१, शुक्रबार
316 shares

 

तुलसीराम पौडेल —

फर्साटिकर, भाद्र २८ 

राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन ( रेप्सा ) रुपन्देहीको आयोजनामा   विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित रेप्सा सदस्य विद्यालय तिलोत्तमा अङ्ग्रेजी माध्यमिक विद्यालयमा शुक्रबार कक्षा एकदेखि पाँच सम्मको लागि सस्वरवाचन ,कक्षा ६ देखि कक्षा ८ सम्मको लागि नेपाली कविता प्रतियोगिता ,कक्षा ९ देखि १० सम्मको लागि हिज्जे प्रतियोगिता सम्पन्न भएका छ्न।

 सम्पन्न हिज्जे प्रतियोगितामा संस्कार इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ जसमा विद्यार्थीहरु सोभित गौडेल ,निलाक्षी त्रिपाठी र अनुराग बनिया  थिए ।

त्यसै गरि रोजवड एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ जसमा विद्यार्थीहरु अभय गुप्ता ,आदित्य भुज र दिपिका रेग्मी थिए । तेस्रो स्थान हासिल फर्साटिकर सिद्दार्थले गरेको थियोे जसमा विद्यार्थीहरु प्रकृति पाण्डे र अदित खनाल  थिए। सान्त्वना हुनेमा नेपाल एभरग्रीन इङलिस पब्लिक स्कुल का विद्यार्थी स्वस्तिका घर्ती,रेजिना भुसाल  र देवेन्द्र साठिघरे  थिए ।

।सम्पन्न सस्वरवाचन प्रतियोगितामा तिलोत्तमा अङ्ग्रेजी माविका  किस्टल न्यौपानेले प्रथम स्थान हासिल गरेका थिए। त्यसैगरि  गणेश ज्ञान् ज्योतिका प्राथना शर्माले दोस्रो ,सन्तज्योती इङलिस बोर्डिङ स्कुलका प्रकृति कवरले तेस्रो र युनाइटेड इङलिस बोर्डिङ स्कुलका आयुषा अधिकारीले सान्त्वना स्थान हासिल गरेका छन् । 

सम्पन्न कविता प्रतियोगितामा सन्तज्योती इङलिस स्कुलका अनुशा पौडेल प्रथम ,तिलोत्तमा अङ्ग्रेजी माविका शुभन्या पौडेल दोस्रो ,नेपाल एभर ग्रीनका एलिना ढकाल तेस्रो र रोजवड एकेडेमीका सरगम भण्डारी सान्त्वना हुन सफल भएका छन् ।

कार्यक्रम रेप्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता ,शुद्दोधन गाउँपालिका प्रवक्ता केशव अधिकारीको प्रमुख आतिथ्यता, रेप्सा उपाध्यक्ष रामकृष्ण खनालको स्वागत मन्तव्य , कार्यक्रम संयोजक एवं  तिलोत्तमा अङ्ग्रेजी माविका प्राचार्य बिष्णु प्रसाद न्यौपानेबाट कार्यक्रमको औचित्यमाथी प्रकाश , रेप्सा रुपन्देहीका सचिव कृष्ण गौतमको संचालनमा सम्पन्न कार्यक्रममा प्याब्सन रुपन्देहीका उपाध्यक्ष एवं रेप्सा रुपन्देहीका सल्लाहकार तथा  पुर्व अध्यक्ष कुलराज शर्मा ,रेप्साका सल्लाहकार एवं पुर्व  अध्यक्ष कपिलमणी ढकाल , तिलोत्तमा अङ्ग्रेजी माविका अध्यक्ष याम प्रसाद गैरे, फर्साटिकर माविका अध्यक्ष नरबहादुर घर्ती ,समाजसेवी देवि सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।