सियारी गाउपालिकाद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री वितरण कार्यक्रम शुरु

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
436 shares


तुलसी राम पौडेल
सियारी, भाद्र १३
रुपन्देहीको सियारी गाउपालिकाले बाढीबाट पिडित घर परीवारलाई राहत सामाग्री वितरण गर्न शुरु गरेको छ। हाल परेको भारी बर्षाबाट बाढिपिडित सियारी गाउपालिका
वडा नम्बर १ स्थित बसोबास गरेका लोपे डाडाका ९ घर ,हाटी अमवाका २ घर , चिल्हियाका १ घर र कौवाका १ घरलाई दैनिक अति आवश्यक खाद्य सामाग्री वितरण गरेको छ। राहत सामाग्री वितरण कार्यक्रम अन्तरगत प्रत्येक घर परीवारलाई ५० किलो चामल , २ किलो दाल ,नुन २ पोका, तेल ६ पोका,आलु ३ किलो ,पियाज ३ किलो वितरण गरिएको सियारी वडा नम्बर १ का वडा सदस्य धनराज शर्माले बताउनु भयो ।
राहत सामाग्री प्राप्त गर्ने वाढि पिडितहरु वडा नम्बर १ लोपे डाडाका लोक बहादुर तामाङ ,मिलन तामाङ ,भुवन तामाङ ,रेसम तामाङ ,मीना नेपाली ,मिन बहादुर नेपाली ,बल बहादुर आले ,सरु आले ,प्रीयन्का तामाङ हुनुहुन्थ्यो ।त्यसै गरी हाटि अमवाका राम पियारे थारु ,रोशन थारु ,चिल्हियाका भुर्ती थरुनी र कौवाका प्रेम बहादुर ठकुरीले राहत सामाग्री प्राप्त गर्नुभएको वडा सदस्य शर्माले बताउनु भयो। गाउपालिका अध्यक्ष अयोध्या थारुले वाडिपिडित सियारी गाउपालिकाका अन्य वडाका घरपरिवारलाई पनि राहत सामाग्री वितरण गरिने बताउनु भयो । गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु र उपाध्यक्ष अमृता गुरुङले संयुक्त रुपमा बाढीपीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको थियो ।राहत वितरण कार्यक्रममा गाउपालिका प्रशासन प्रमुख चिरञ्जीवी गौतम ,वडा नम्बर १ का वडा अध्यक्ष अरुण कुमार शाही ,वडा सदस्य धनराज शर्मा ,वडा सचिव राजकुमार सिह लगायत सहभागी हुनुभएको थियो ।