पैगम्बरको जन्मदिनमा मदिना मदरसाद्धारा रक्तदान र छात्रवृत्ति वितरण

मेचीकाली संवाददाता

३० भाद्र २०८१, आईतवार
134 shares

बुटवल, भदौं ३० । मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ ले आइतवार इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्ताफ स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औ जन्मोत्सवको अवसरमा २० औं रक्तदान तथा छात्रावृत्ति वितरण गरेको छ । परिषदका अध्यक्ष सकुर मियाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

परिषदले हरेक वर्ष पैगम्बरको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले इस्लाम धर्म गुरुबाट धेरै सिक्नुपर्ने बताए । उनले मुस्लिम समुदाय एक घर एक पोइन्ट रगत अभियान सुरु गरे समाज राम्रो सन्देश जाने बताए । सो अवसर मा बोल्दै परिसदका अध्यक्ष सकुर मियाले आगामी दिनमा पनि परिषदले सामाजिक कार्य गर्दै जाने बताए ।

परिसदका वरिस्ठ उपाध्यक्ष जलि उल्ला मियाले नेपालमा पहिले रतदान सुरुवात आफुहरुले गरेको बताए । रक्तदाता लिलाधर लुइटेल, रजाय मुस्तफा मस्जितको उपमहासचिव हसरदिन मिया परिसदका संरक्षक जमाल मियाले रतदानमा सशक्त भएर लाग्नुपर्ने बताए । सो अवसरमा ज्ञानोदय माध्यामिक विद्यालयका ५ जना छात्र÷छात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको कार्यक्रम संयोजक अलाउदिन अलीले जानकारी दिए । रक्तदानमा ५० भन्दा बढी पोइन्ट रगत संकलन भएको छ । समाजले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।