सञ्चय कोष बुटवलले मनायो ६३ औं वार्षिकोत्सव

मेचीकाली संवाददाता

३१ भाद्र २०८१, सोमबार
125 shares

बुटवल । कर्मचारी सञ्चय कोष, बुटवल शाखाले आफनो ६३ औं वार्षिकोत्सव सोमबार मनाएको छ । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसीको अध्यक्षता तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै सहायक प्रजिअ अर्यालले सञ्चय कोष सबैको सारथी र चौतारी विकास भई सेवा निवृत्त जीवनको आर्थिक जोहो गर्ने बलियो संस्थाको रुपमा स्थापित भएको बताए ।

संस्थाप्रति केही गुनासाहरु पनि सुनिने गरेको बताउँदै उनले त्यसलाई सुधार गरे अघि बढ्न कोषलाई सुझाए । ‘संस्थाले कोषकटटी गरेर पैसा जम्मा भएको सूचना व्यक्तिलाई आउदैन’ अर्यालले भने, ‘आफ्नो पैसा निकाल्दा पनि व्याज तिर्नुपर्ने गुनासाहरु पनि सुनिन्छिन त्यस्तै पैसा हराएका पनि बताइएको छ । त्यसै समस्याहरु निराकरण गर्न आग्रह गर्दछु ।’ कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मन्जु कुमारी जैसीले सञ्चय कोषकर्ताहरुलाई सचेतना आवश्यक रहेको बताइन । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसी सञ्चय कोषकर्ताको क्षेत्र विस्तार गर्दै प्रतिफलयुक्त क्षेत्रमा लगानी गरिएको जानकारी दिए । सञ्चयकोषको क्षेत्रमा मात्र काम गर्दै आएको संस्थाले अहिले निवृत्तिभरणको पनि काम गर्छ ।

शाखाका उपप्रबन्धक विकास भटटराईले विभिन्न योजनाहरु सहित सञ्चयकर्तालाई ई–सर्भिस सेवा समेत प्रदान गर्दै आएको बताए । कोषमा अहिले ५ लाख ७५ हजार आवद्ध भएको छन । सो अवसरमा वार्षिउत्सवको आयोजना भएका विभिन्न खेला प्रतियोगिताका विजेताहरु पुरस्कार समेत वितरण गरिएको थियो । कोषका सहायक प्रबन्धक पवित्रा पन्थीको स्वागत तथा बालकृष्ण अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।