युवा उद्यमी अर्जुन थापाले सञ्चालनमा ल्याए स्तरीय होटल हाइल्याण्ड

मेचीकाली संवाददाता

३१ भाद्र २०८१, सोमबार
31 shares

बुटवल, भदौं ३१ । युवा होटल व्यवसायी तथा उद्यमी अर्जुन थापाले बुटवलको चोराहा नजिकै डेढ करोडको लगानीमा होटल हाइल्याण्ड तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन । होटलको आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले उदघाटन गरे । सो अवसरमा बोल्दै प्रजिअ अर्यालले गुणस्तरीय सेवा दिएर उपभोक्ताको मन जित्न आग्रह गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव समेत रहेका सञ्चालक थापाले चिया पसलबाट व्यवसाय सुरु गरेर अहिले स्तरीय होटल सञ्चालनमा ल्याएका हुन ।
अहिलेसम्म १ करोड ५० लाख लगानी गरिएको थापाले जानकारी दिए । थापा गुल्मीको इस्मा गाउँपालिका ३ दर्लांमचौर रानाखोलाका उनि अध्ययनका लागि बुटवल झरेका हुन् । सामान्य परिवारका थापा अध्ययनको साथै व्यवसायिक सोचको साथ बुटवल झरेका बताए ।
कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले चिया पसल देखि करोडौंको लगानी गरेर एक युवा यहाँसम्म आएकोमा आफ्नो तथा संस्थाको तर्फबाट व्यवसायी सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारी, राजु पौडेल, विष्णु बस्नेत, महेन्द्र श्रेष्ठ लगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।