फर्साटिकर माविको इन्जिनियर भवनको उद्वाटन

मेचीकाली संवाददाता

१ आश्विन २०८१, मंगलवार
101 shares

 

तुलसीराम पौडेल —

फर्साटिकर ,भाद्र १ 

रुपन्देहीको शुद्धोधन – ४ सौ फर्साटिकर स्थित  फर्साटिकर माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ भवन उद्वाटन कार्यक्रम  सोमबार सम्पन्न भयो। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त भवनको  उद्घाटन गर्नुभयो ।  सो अवसरमा  बोल्दै उपप्रधानमन्त्री पौडेलले विद्यालयलाई नमुना गराउनका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।  विद्यालयलाई आवश्यक पर्ने  भवनको डिपिआर तयार पारी  आवश्यक बजेटका लागि मन्त्रालयमा आउनुस , बजेट विनियोजन गरेर म पठाउछु  मन्त्री पौडेलले भन्नुभयो ।

 जनताका  समस्या समाधान गर्नका लागि काङ्ग्रेस,एमालेको संयुक्त सरकार निर्माण भएको र यो  सरकारको समीकरण आगामी ०८४ सालको निर्वाचन सम्म रहने पौडेलको भनाइ थियोे ।

विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष नरबहादुर घर्तीले विद्यालयको पुर्वाधार विकासका लागि विभिन्न समयमा योगदान गर्ने सबैलाई  धन्यवाद व्यक्त गर्दै  विद्यालयलाई  नमुना बनाउनका लागि अर्थमन्त्री,प्रदेश सांसद तथा पालिकालाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, शुद्दोधन गाउँपालिका प्रवक्ता तथा वडा न.४ एंव सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

निवर्तमान राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराई,प्रदेश सांसद तुलसी प्रसाद चौधरी,जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतिनिधि,शिक्षक,विद्यार्थी अभिभावकको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर न्यौपानेले गर्नुभएको थियो।