दर्लमडाँडा माविले मनायो ६९औँ वार्षिकोत्सव

मेचीकाली संवाददाता

२ आश्विन २०८१, बुधबार
91 shares

नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिका–५ स्थित दर्लमडाँडा माध्यमिक विद्यालयमा ६९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शैक्षिक गुणस्तरलाई उच्च बनाई राख्न दिगो शैक्षिक व्यवस्थापन आबस्यक रहने हुँदा शैक्षिक योजनाका साथ अगाडी बढनुपर्ने बताए । आजको समय बिज्ञान प्रविधिको रहेको र त्यसलाई अगाडि बढाउदै भाषा, कला संस्कृतीको संरक्षण आबस्यक रहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बिद्यालयले स्थापना कालदेखि हालसम्म बिशिष्ट व्यतिmत्व उत्पादन गरेको र त्यो उत्पादन कायम रहने बताउदै गुणस्तरिय र दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले ठोस योजना बनाई कामको थालनी गर्न लागेको बताइन् । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न आबस्यक बजेट बिनियोजन गरि प्रत्येक बिद्यार्थीको दुर्घटना बिमा गाउँपालिकाले गरिदिएको बताइन् ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले ग्रामिण क्षेत्रमा रोजगारी तथा अन्य कारणले बसाईसराईका कारण बिद्यार्थी संख्या घट्दै गएको अबस्थामा मौजुदा जनशक्ति र बालबालिकालाई दक्ष र गुणस्तरिय बनाउन लाग्नु पर्ने बेला आएको बताए । उनले जन प्रतिनिधि कर्मचारी शिक्षक तथा राष्ट्रसेवकहरुले जनताको भावना र चाहना बुझेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराज गैरेले १ करोड ५७ लाख २६ हजार १८७ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरे । उनले विद्यालयमा गरेका गतिबिधिहरुको बारेमा बताउदै गत वर्ष कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । साथै उनले आगामी दिनमा नमुना बिद्यालयका लागि आबश्यक पूर्वाधारको व्यवस्था मिलाउन पहल गर्ने, उपचारात्मक शिक्षा र आवस्यक छात्राबासको व्यवस्था गर्नुपर्ने, बिधालयका सम्पुर्ण बिद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाउने जस्ता कार्यक्रम रहेको समेत बताए । हाल बिद्यालयमा १२९ जना अक्षययकोष दाताबाट ४७ लाख ९२ हजार बराबरको अक्षयकोष रहेको गैरेले बताए ।

यस्तैगरी बगनासकाली वडा नम्बर ९ का वडाध्यक्ष ठानेस्वर तिमिल्सिना, वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रकाश गैरे, बगनासाकाली शिक्षा समितिका प्रमुख गुनाराम खनाल, नेकपा एमालेका मुिक्तराम शर्मा, नेपाली कांग्रेसका यमलाल तिमिल्सिना, राम माविक प्रधानाध्यापक डोलराज बस्याल, बसन्त आवासिय विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद न्यौपाने लगायतले विद्यालयलाई शुभकामना दिदै आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा शिक्षक बिद्यार्थी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने शिक्षकहरुमा दामोदर बस्याल, पुनराम घिमिरे, भूपती बश्याल, गोपीकृष्ण देवकोटा, तुल्सीराम कोइराला, अनन्त बेल्बासे, हेम बहादुर दर्लामी, डिल्लीराज गैरे, मोहन बस्याल, डिल्लीराम भण्डारी, हुम प्रसाद गैरे, बिष्णु प्रसाद गैरे, यमन आले, पुरन खाम्चा पुर्व शिक्षक गोबिन्द कोइराला, पिताम्बर गैरे अभिभावक मोती कुमारी थापा रहेका छन् ।

यस्तै कर्मचारी लिला गैरे, बस चालक तिलक खाम्चा र सहचालक सुर्य न्यौपानेलाई पुरस्कृत गरीएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षता तथा शिक्षक डिल्लीराम भण्डारीको सञ्चालनमा सम्पन भएको थियो ।