शुद्दोधनमा रास्टिय शिक्षा दिवस मनाइयो।

मेचीकाली संवाददाता

२ आश्विन २०८१, बुधबार
96 shares

तुलसीराम पौडेल – 

फर्साटिकर, असोज २ 

शुद्दोधन गाउँपालिका रुपन्देहीले विविध कार्यक्रम सहित रास्टिय शिक्षा दिवस कार्यक्रम सम्पन्न गरेको छ।

रास्टिय शिक्षा दिवस कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले एक कार्यकमका बीच गर्नुभएको थियोे ।

शिक्षा दिवसको शुभ अवसरमा चित्रकला ,निबन्ध प्रतियोगिता ,बक्तृत्वकला प्रतियोगिता सम्पन्न हुनुको साथै विभिन्न विधाका उत्कृष्टलाई  सम्मान तथा पुरस्कृत गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरमा नाम चिनाउन सफल ६ जना कराते खेलाडीहरुलाई  प्रती खेलाडी ८ हजार रुपैयाँको  दरले नगदबाट सम्मान गरिएको थियोे ।त्यसै गरि सामुदायिक तर्फ ६ जना र संस्थागत तर्फ ६ जना गरि १२ जना विद्यार्थीहरुलाई प्रती विद्यार्थी नगद पाच हजार रुपैयाको दरले सम्मान गरिएको थियोे ।रास्टिय शिक्षा दिवसको अवसरमा सामुदायिक विद्यालय तर्फ ८ जना र संस्थागत तर्फ ५ जना शिक्षकहरुलाई सम्मान गरिएको थियोे ।

कार्यक्रम शुद्दोधन गाउँपालिका प्रबक्ता ,सामाजिक विकास  समिति संयोजक  एवं वडा नम्बर -४ का अध्यक्ष केशव अधिकारीको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गाउँ शिक्षा समिति सदस्य रिषिराम बस्यालको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्ती ,संस्थागत विद्यालयका अध्यक्षको तर्फबाठ ड्रीम भिजन स्कुल अफ फर्साटिकरका अध्यक्ष चुडामणी डुर्मे ,यज्ञोदय बहुमुखी क्याम्पसका अध्यक्ष रमेश खनाल ,फर्साटिकर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्ती ,खजुरीया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर राना,जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभनाथ पाण्डेय ,शिक्षक महा संघका अध्यक्ष खिमानन्द भुसाल ,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्यबाट फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल ,संस्थागत विद्यालयका प्राचार्यहरु मध्य फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलका प्राचार्य डिल्लीराम पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रमको संचालन शिक्षा समिति सदस्य रामजी पौडेलले गर्नुभएको थियोे ।