

बुटवल, असोज २ । ल्याण्डमार्क एजुकेशन बुटवलले आउदो शनिबार मल्टी डेस्टिनेशन एजुकेशन फेयर गर्ने भएको छ । अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गरी असोज ५ गते ल्याण्डमार्कको बुटवल मिलनचोकस्थित आफ्नै कार्यालयमा शैक्षिक मेला गर्न लागेको हो ।
देशकै पुरानो एजुकेशनले अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई एकेडेमीक लोन प्रदान गर्दै आएको छ । ल्याण्डमार्क एजुकेशन शाखा बुटवलका म्यानेजर सागर बस्यालले एजुकेशन फेयरमा २०० विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको बताए । ल्याण्डमार्कले युएस, अष्टेलिया, क्यानडा र युकेको लागि काम गर्दै आएको छ । म्यानेजर बस्यालले विदेशमा शैक्षिक गन्त्व्य बनाउन चाहने विद्यार्थीले ल्याण्डमार्क रोजाइमा रहेको बताए ।
ल्याण्डमार्कका काठमाडौं, चितवन, बुटवल, विराटनगर र अष्ट्रेलियाको सिडनीमा शाखा कार्यालय रहेका छन । ल्याण्डमार्क एजुकेशनका एकेडेमिक काउन्सिलर प्रविण पन्थले एकेडेमीको आधारमा विद्यार्थीलाई बिना धितो शैक्षिक लोन २ लाख देखि १ करोडसम्म ऋण प्रदान गरिने बताए ।
जसले गर्दा विद्यार्थीलाई आर्थिक भार कम पर्ने पन्थको भनाइ छ । ल्याण्डमार्कको बुटवल शाखा स्थापना भएको ६ महिना भयो । शाखामा ८ जना कर्मचारी कार्यरत रहेका छन् ।