गुफा सहकारीको अध्यक्षमा पौडेल, सचिवमा गिरी

मेचीकाली संवाददाता

३ आश्विन २०८१, बिहीबार
271 shares

बुटवल । गुफा कृषि सहकारी संस्था लिमिटेडको दशौँ साधारण सभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले गुफा कृषि सहकारीले गरेको प्रगति उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । उनले देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष कुन्जरमणि घिमिरेको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष टेकराज पन्थीले सहकारीमा आउन छुटेकाहरुहरु पनि सहकारीमा गोलबद्ध हुन आग्रह गरे । त्यस्तै संस्थापन अध्यक्ष महेन्द्र गिरीले सहकारीलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने र आएका ऐन नियमअनुसार संस्थालाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा अतिथिहरु संस्थाका सल्हाकारहरु भिमकान्त पन्थी, रामप्रसाद पौडेल, विष्णुगौतम घिमिरे, गुनाराम घिमिरे, टेकराज पन्थी, महेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।

उक्त अधिवेसनले चन्द्रकान्त पौडेलको अध्यक्षतामा लेखासमितिसहित ११ जनाको समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तारा गौतम, सचिवमा गोकर्णराज गिरी, कोषाध्यक्षमा महेन्द्र घिमिरे छन् । त्यस्तैगरी सदस्यहरुमा मधु घिमिरे, दिपक पौडेल (डोरराज), अनिल पन्थी, अमृत घिमिरे, हरि पराजुली छन् । लेखा समितिको संयोजकमा जुना पराजुली, सदस्यमा लक्ष्मी घिमिरे भट्टराई र हरि पराजुली रहेका छन । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका सदस्य कृष्ण पन्थी र चिरञ्जीवी देवकोटाले टिका र खादासहित शुभकामना दिएका थिए ।

निर्वाचन निर्वाचन मन्डलका संयोजकले प्रमाण पत्र वितरण गर्दै नयाँ टिम युवा टिम भएकोले सहकारी लाई अगाडि बढाउने बताए । सहकारीलाई अग्रजको सल्लाह लिँदै सहकारिलाई चुष्त र दुरुस्त राख्न पनि आग्रह गरे । उक्त कार्यक्रम उपाध्यक्ष कलाधर पन्थीको स्वागत तथा सचिव विमल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।