लुम्बिनी प्रदेश कै ठुलो र अग्लो झण्डा बगनासकालीमा फहराइयो

मेचीकाली संवाददाता

३ आश्विन २०८१, बिहीबार
56 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिकाले संविधान दिवस २०८१ को अवसरमा पारेर ७० फिट उचाइ रहेको पोलमा ५० फिट अग्लो राष्ट्रिय झण्डा फहराएको छ । गाउँपालिकाको वडा नं. ९ चापपानीको बगनास डाँडाको कोटघर देवीथानमा लुम्बिनी प्रदेश कै सबैभन्दा ठुलो र अग्लो झण्डा फहराएको हो ।


राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकालीको पर्यटकिय बिकासमा सहयोगी हुने बताईन् । उनले यस स्थानमा प्राचिन समयमा भुरे राजाहरुले शासन गरेको हुँदा ऐतिहासिक महत्व रहेको बताईन । साथै बगनासकाली गाउँपालिकाको करिव सबै स्थानबाट यो कोटघर डाँडामा रहेको झण्डा देखिने, जसले राष्ट्रिय भावनाको बिकास गराउने बताईन । गाउँपालिकाको १० लाख बजेटबाट झण्डा फहराईएको र बाँकी संरचना छिट्टै नै पुरा गरिने अध्यक्ष चिदीले बताइन ।

गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बगनासकाली गाउँपालिकाको नामाकरण पनि यसै ठाउँको नामबाट रहेको र यो ठाउँमा राष्ट्रिय झण्डा फहराउँदा थप पर्यटकिय बिकास हुने बताए । गाउँपालिकामा आफुहरु निर्वाचित भइसके पछि झण्डा फहराउने निर्णय गरेको उनले बताए । राष्ट्रिय झण्डाको स्थापनाले बगनासकाली गाउँपालिकाको गौरव बढेको कारण यस ठाउँको पर्यटकिय बिकास हुने बताए ।


सोहि अवसरमा झण्डा राख्न संरचना तयारगर्ने निर्माण व्यवसायी निरेन्द्र कुमार झेडीलाई सम्मान समेत गरिएको थियो ।
यस गाउँपालिकामा रहेका धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्वपूर्ण स्थल– बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि ठाउँहरु प्रशिद्ध रहेका र ति सबै ठाउँको अबलोकन बगनास देविस्थानबाट देख्न सकिन्छ् ।

गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो । यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।