संबिधानका उपलब्धि र कार्यन्वयनको अवस्था बिषयक अन्र्तक्रिया बगनासकालीमा

मेचीकाली संवाददाता

३ आश्विन २०८१, बिहीबार
40 shares


नेत्र गैरे

संविधान दिवस २०८१ को अवसरमा बगनासकाली गाउँ पालिकाले संबिधानका उपलब्धि र कार्यन्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नेपालको संबिधान २०७२ ले नागरिकको अधिकार सुनिश्चित गरेको र संबिधान कार्यन्वयनकै चरणका रहेकाले यसको कार्यन्वयनका लागि सबै नागरिकको भूमिका रहने बताइन ।
गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले नेपालको संबिधानले सबै तह र तप्काका नागरिकहरुलाई सुसासनको प्रत्याभूती गराएको र यसको पूर्ण कार्यन्वयनको लागि सबै नेपालीको समान भूमिका रहने बताए । समय सापेक्ष आवस्यकताका आधारमा जन भावना अनुसार संबिधानको संसोधन गर्दै जान सकिने बिचार उपाध्यक्ष पाठकले व्यक्त गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज छिनालले राज्य सत्ता जनतामा निहित गरेको हुदाँ यसको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता र प्रशासन शाखा प्रमुख सुजन घिमिरेको संचालनमा कार्यक्रम भएको हो ।


अन्तरक्रिया कार्यक्रममा स्वागत गर्दै प्रबता टीका बहादुर थापाले संविधानको रक्षाका लागि लाग्न सबैलाई आग्रह गरे ।
नेपाली काँग्रेसका यमलाल तिमिल्सिनाले बहुलबादमा आधारित यो संविधान संसारकै उत्कृष्ट संविधान भएको बिचार व्यक्त गर्दै नेपालको संबिधान २०७२ ले वैयक्तिक स्वतन्त्रताको अधिकारको ग्यारेण्टी गरेको बताए ।


नेकपा एमाले का डेन्जिङ्ग रायमाझीले संविधानको रक्षाका लागि आआफ्नो क्षेत्र बाट कृयाशिल रहन आग्रह गरे ।
नेपाल पत्रकार महासँघ पाल्पा शाखाका सचिब यज्ञमुर्ति तिमिल्सिनाले संबिधानको कार्यन्वयनको अवस्था कमजोर रहेकोले जन भावना अनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।
वडा नं. ९ का वडाअध्यक्ष ठानेस्वर तिमिल्सिनाले संविधान र संविधानबादका बारेमा प्रस्ट पार्दै बर्तमान संविधान आवस्यकताका आधारमा परिवर्तनशिल रहेको बिचार व्यक्त गरे ।


यसैगरि कार्यक्रममा नेकपा माओवादी केन्द्र का खुमबहादुर बिक, राप्रपाका कपिल ढुङगाना, जसपाका खिक बहादुर रेस्मी लगायतले आ आफ्नो बिचार व्यक्त गरेका थिए ।


सोहि अवसरमा ७० फिट उचाइ रहेको पोलमा ५० फिट अग्लो राष्ट्रिय झण्डा फहराएको छ । गाउँपालिकाको वडा नं. ९ चापपानीको बगनास डाँडाको कोटघरमा लुम्बिनी प्रदेश कै सबैभन्दा ठुलो र अग्लो झण्डा फहराएको गाउँपालिकाले जनाएको छ ।