शान्ति समाज रुपन्देहीको अध्यक्षमा ज्ञवाली

मेचीकाली संवाददाता

४ आश्विन २०८१, शुक्रबार
21 shares

बुटवल। मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन भएका छन् ।

समाज रुपन्देहीको बिहिबार भएको २५ औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा लिलाधर लुइँटेल, सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कँडेल, कल्पना ढकाल, कल्पना रसाली र उमा देवकोटा रहेका छन् ।

साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी, सागर भुसाल र छमकला पौडेल छनोट भएको निर्वाचन समिति संयोजक हरिष ढकालले जानकारी दिए ।