ल्याण्डमार्क एजुकेशनमा शैक्षिक मेला

मेचीकाली संवाददाता

६ आश्विन २०८१, आईतवार
26 shares

बुटवल । ल्याण्डमार्क एजुकेशन बुटवलले शनिबार मल्टी डेस्टिनेशन एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना गरेको छ । विदेशमा पढ्न जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी ल्याण्डमार्कको बुटवल मिलनचोकस्थित आफ्नै कार्यालयमा मेला आयोजना गरिएको हो ।

एजुकेशन फेयरमा विद्यार्थीहरूलाई आफू जान चाहेको देश र त्यहाँ रहेका उत्कृष्ट यूनिभर्सिटी र लागतबारे जानकारी गराउँदै विद्यार्थीहरुमा रहेका जिज्ञासा समाधान गरीएको ल्याण्डमार्क एजुकेशनका अपरेशन इन्चार्ज इराज कार्कीले जानकारी दिए । सहभागी भएका विद्यार्थीहरुले चर्चित यूनिभर्सिटीसँग सम्बन्ध जोड्ने अवसर पाएको उनले बताए । विद्यार्थीले आफू जान चाहेको यूनिभर्सिटीका प्रोफेसरहरुसँग अनलाइनबाट सिधैं कुरा गरी कन्र्फम गर्न सक्ने अपरेशन इन्चार्ज कार्कीले बताए ।

एजुकेशन फेयरमा करिब दुई सय विद्यार्थीहरु सहभागी भएको ल्याण्डमार्क एजुकेशन बुटवल शाखाका म्यानेजर सागर बस्यालले जानकारी दिए । ल्याण्डमार्कले युएस, अष्टे«लिया, क्यानडा र युकेमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई पठाउँदै आएको छ । म्यानेजर बस्यालले विदेशमा शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीको रोजाइमा ल्याण्डमार्क रहेको बताए । अष्टे«लियाका लागि दशैंअघि प्रोसेस गर्ने विद्यार्थीलाई सेवा शुल्क निःशुल्क गरिएको उनले बताए ।

काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याण्डमार्कका बुटवल, चितवन, विराटनगर र अष्ट्रेलियाको सिड्नीमा शाखा कार्यालय रहेका छन् । एजुकेशनले अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई एकेडेमीक लोन प्रदान गर्दै आएको छ । ल्याण्डमार्क एजुकेशनका एकेडेमिक काउन्सिलर प्रविण पन्थले एकेडेमीको आधारमा विद्यार्थीलाई २ लाखदेखि १ करोडसम्म ऋण प्रदान गरिने बताए । जसले गर्दा विद्यार्थीलाई आर्थिक भार कम पर्ने पन्थको भनाइ छ । देशकै पुरानो ल्याण्डमार्क एजुकेशनले १० हजारभन्दा बढी बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा पठाइसकेको जनाएको छ ।