लायन्स क्लब अफ बुटवल सिद्धार्थद्धारा चित्र लेखन प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

६ आश्विन २०८१, आईतवार
22 shares

बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धार्थको आयोजनामा चित्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । विश्व शान्ति दिवसको अवसरमा एभरेष्ट बोर्डिङ स्कुलमा ‘असिमित शान्ति’ शिर्षकमा प्रतियोगिता आयोजना गरीएको क्लबले जनाएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष मोहन विक्रम प्याठको अध्यक्षता तथा एरिया चिफ दिपक प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्लस्टर चिफ गाईडेन लायन रोमनाथ ढकाल, एरिया सेक्रेटरी अम्रिता कार्की, सर्जेन्ट आर्मस् नितु श्रेष्ठ, रिजन चेयर पर्सन कुमार तामाङ, जोन चियर पर्सन ओमबहादुर थापा, सीपी श्रीकान्त सुबेदी, आइपीपी नारायण कुँवर, सेकेन्ड भीपी ईन्दु भट्टराई लगायतको उपस्थीति रहेको सचिव सुदर्शन खनालले जानकारी दिए ।

उक्त प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी पास्ना गौचन प्रथम भइन । यस्तै एभरेष्टकै सुएलेन पुलामी द्धितिय भइन् भने न्यू होराइजनकी छोइङ राना तृतिय भइन् । प्रतियोगिताको निर्णायकमा राजु खड्का रहेका थिए ।

एरिया, जिल्ला, प्रदेश, राष्ट्रिय स्तरबाट छनोट हुँदै अन्तर्राष्ट्रिय लेबलमा पुग्ने सहभागीले पाचँलाख बढिको अन्तर्राष्ट्रिय पुरकार जित्न सक्नेछन् । कार्यक्रम संयोजक फस्ट भिपी राजु भारीको स्वागत तथा सहसचिव एकराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।