बुटवल । बुटवल–१२ तामनगर व्यापार समितिले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।
स्थानीय व्यापारीको सहभागितामा भएको रक्तदानमा ५१ युनिट रगत संकलन भएको थियो । बिरामीहरुलाई चाडपर्वको बेला रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको समितिका सदस्य कुश्माखर पाण्डेले जानकारी दिए ।
व्यापार संघका अध्यक्ष हुमनाथ पोखरेल (नारायण) को अध्यक्षता र नारायण जीसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।