रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा

मेचीकाली संवाददाता

८ आश्विन २०८१, मंगलवार
283 shares

बुटवल । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज फ्युजन, रोट्रयाक्ट क्लब अफ पोखरा र इट्टाभट्टा म्युनिसिलको आतिथ्यतामा प्रथम पिएस मिट विराटनगरमा सम्पन भएको छ ।

कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ विराटनगरका प्रेम पारखले गरेका थिए भने पिएस मिट कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कोइरालाले देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवं सचिवहरू र रोट्रयाक्ट अभियानमा लागेका युवाहरूलाई विराटनगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउँदै रोट्रयाक्टको माध्यमबाट युवाहरूको व्यक्तित्व र नेतृत्व विकास हुने भएकाले यो अभियानमा जोडिन सबै युवाहरूलाई आग्रह गरे ।

कार्यक्रमको विशिष्ट अतिथि एवं वक्ताको रूपमा रूपमा पूर्व डिआरआर विकेशराज बज्राचार्य थिए । कार्यक्रमको कि नोट स्पिकरको रूपमा रोट्रयाक्ट क्लब अफ मनोहराका पूर्व अध्यक्ष एवं रोट्रयाक्ट डिस्ट्रिक्टका पूर्व सचिव प्रदिप धितालले महत्वपूर्ण विषयवस्तुमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा बोल्दै डिआरआर बिक्रम क्षेत्रिले बाँकी कार्यकाललाई उत्कृष्ट बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै अझै महत्त्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिए ।

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर इलेक्ट दिनेश गैरे र सबिन राउतको स्वागत तथा सचिव सुबिन खड्का, नम्रता लम्साल र रोजि श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ५३० जनाको सहभागीता रहेको रोट्रयाक्ट डिस्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।