बाइकर्स बुटवल ‘यामाहा सोरुम’मा अफरै अफर

मेचीकाली संवाददाता

१६ आश्विन २०८१, बुधबार
126 shares

बुटवल। यामाहा नेपालको बुटवलका लागि आधिकारीक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा बिभिन्न अफर ल्याएको छ ।

‘बिगेस्ट १०शैं’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले क्यासब्याक सहित अन्य विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने बाइकर्स बुटवल प्रालिका सञ्चालक पुर्णप्रसाद अधिकारीले जानकारी दिए । यहि असोज १४ गतेदेखि १९ गतेसम्म मेघा एक्सचेञ्ज मेला जारी रहेको उनले बताए । मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनभन्दा १० हजार रूपैयाँ बढी दिइने सञ्चालक अधिकारीले बताए ।

‘हाम्रो ‘बिगेस्ट १०शैं’ अभियानमा यस्तो अविश्वसनीय प्रतिक्रिया देख्न पाउँदा हामी हर्षित छौं । यो हाम्रा ग्राहकहरूले यामाहामा राखेको भरोसा र आत्मविश्वासको प्रमाण हो । असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता अटल छ र हामी सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर छौं ।’, सञ्चालक अधिकारीले भने ।

अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत् १० लाख रुपैयाँसम्म जित्न सक्नेछन् । दशैंलाई थप विशेष बनाउन यामाहाको शोरुममा आउने ग्राहकहरूले आइफोन १६ र विशेष गिफ्ट ह्याम्पर जित्न सक्ने एरीया सेल्स म्यानेजर युवराज आचार्यले बताए । यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शुन्य ब्याजदरको सुविधा पनि ल्याएको छ । यस्तै ग्राहकहरूलाई आफ्नो ड्रिम यामाहा बाइक/स्कुटरको स्वामित्व लिन सजिलो बनाउन ईजी फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ ।

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्सले २ दशकभन्दा बढी समयदेखि नेपाली अटोमोबाइल उत्साहीहरूलाई विश्वविख्यात ब्रान्डहरूको सेवा दिइरहेको छ । समूहले भर्खरै यामाहा मोटरसाइकलका दुई मोडलहरू एफजेड–भीथ्री डिलक्स र एफजेड–भी थ्री स्ट्यान्डर्डका लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ ।
‘बिगेस्ट १०शैं’ अभियान जारी रहँदा यामाहा नेपाल थप उचाइ हासिल गर्नेमा आशावादी रहेको कम्पनीले जनाएको छ ।