बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो

मेचीकाली संवाददाता

१४ भाद्र २०७८, सोमबार
1641 shares

बुटवल । पहिरोका कारण आइतबार विहान देखि अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी खुलेको छ। पाल्पाको तान्सेन नगरपालिका ८ डुम्रेमा खसेको केही पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

अविरल वर्षासँगै राजमार्गका एकदर्जन जति ठाउँमा पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको थियो । अन्य ठाउँका पहिरो आइतबार नै पन्छाएपनि डुम्रेमा ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लागेको थियो ।