चरङ्गे भुमिगत खानेपानीद्वारा रक्तदान

मेचीकाली संवाददाता

१९ आश्विन २०८१, शनिबार
52 shares

बुटवल, असोज १९ । स्वस्थ्य रगत, सबैका लागि नारा सहित चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाद्घारा आयोजित वृहत रक्तदान कार्यक्रम शनिबार गरिएको छ ।

कार्यक्रमको उद्घघाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पारे । रक्तदान गरिदा यसबाट धेरै फाईदा मिल्ने भन्दै रक्तदान गरेर अरुको जीवन बचाउने पुण्य कार्यमा सवै सरिक हुनुपर्ने बताए । उनले चाडपर्वको बेलामा रगतको अभाव हुने भन्दै स्वस्थ व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नुपर्ने बताए ।

रक्तदाताको रगत विभिन्न रोगहरुको परिक्षण पछिमात्र विरामिलाई दिईने हुदा पनि आफ्नो स्वस्थ्य बारे जानकारी पाउन सकिने उनको भनाई छ । संस्थाका अध्यक्ष पोम बहादुर जिसी (पुरन) ले सामाजिक कार्य अन्तर्गत संस्थाले रक्तदान गरेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार राम प्रसाद शर्मा, सचिव खिम पुन लगाएतले बोलेका थिए । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विश्वास गुरुङले बताए ।