लायन्स क्लब अफ बुटवलद्धारा रक्तदान

मेचीकाली संवाददाता

२० आश्विन २०८१, आईतवार
679 shares

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान पर्व बडा दशैंको उपलक्ष्यमा हुन सक्ने रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बुटवल तिलोत्तमा कार्यक्रम संयोजक राजन कसजुले जानकारी दिए ।

रक्त सञ्चार सेवा केन्द्र बुुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ५३ यूनिट रगत संकलन गरिएको थियो । रक्त दान जीवन दान भन्ने मूल नाराकासाथ कार्यक्रम आयोजना गरिएको बताउँदै उक्त क्लबका अध्यक्ष उपेन्द्रमान श्रेष्ठले एक स्वस्थ मानिसका लागि रक्तदान आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष तारा श्रेष्ठले कसैले पनि रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यलाई सफल पार्न सचेतनाका लागि पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन । सो क्लबकोतर्फबाट बोल्दै कार्यक्रम संयोजक सुनिता श्रेष्ठले सामाजिक उत्तरदायित्वका लागि कार्यक्रम गरिएको उल्लेख गरिन् ।