व्यवस्थित बन्यो गह्रौसुर कालिका मन्दिर

मेचीकाली संवाददाता

१ कार्तिक २०८१, बिहीबार
74 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा रहेको धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा रहेकोे गह्रौसुरमा निर्मित कालिका मन्दिरलगायत भौतिक संरचनाहरुको उद्घाटन भएको छ । गह्रौसुरमा रहेको मूल मन्दिरको गजुर अनावरण, स्थानीय स्वर्गीय बालप्रसाद श्रेष्ठको स्मृतिमा निर्मित मञ्च, कालरात्री मन्दिर, शिलालेख अनावरण, अतिथि गृह, चण्डीथानलगायतका संरचनाहरु उद्घाटन गरिएको हो ।
भगवती कालिका मन्दिरलगायतका भौतिक संरचनाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकालले पर्यटकीय धामको रुपमा विकास गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै लागि निजी क्षेत्रले सहयोग रहने बताए ।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक रीतिरिवाजलाई बढाउँदै जाँदा यहाँको आर्थिक विकास हुने भन्दै यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । यहाँका सम्भावित धार्मिक सांस्कृतिक क्षेत्रहरुको विकास गर्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सकिने भएकाले यसले आर्थिक क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पु¥याउने अध्यक्ष ढकालले बताए ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिटी एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रतख खांँण, वरिष्ठ समाजसेवी तथा व्यवसायी नारायणप्रसद शर्मा पंगेनीलगायतले गह्रौसुरको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा भन्दिर परिसरमा विभिन्न संरचना निर्माणका लागि सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । वालिङ नगरपालिकाको वडा नम्बर ८ र १० मा पर्ने गह्रौसुर वालिङकै ७ र १० नम्वर वडा एवम् गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि दक्षिण काफलडाँडा ७ किलोमिटर कच्ची र त्यहाँदेखि ३ किलोमिटर पक्की सडक गरी कुल १० किलोमिटरको दूरीमा रमणीय स्थानमा रहेको छ ।