एमाले सैनामैनाको अध्यक्षमा न्यौपाने निर्वाचित

मेचीकाली संवाददाता

९ कार्तिक २०८१, शुक्रबार
288 shares

सैनामैना, कार्तिक ९ । नेकपा एमाले सैनामैना नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट अध्यक्षमा चेतनारायण न्यौपाने (नारायण) निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर क्षेत्री र उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चएन गरेको हो ।

अध्यक्ष पदका लागि नारायण न्यौपानेले १५५ मत, जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेकाछन् । उपाध्यक्ष कल्पना कुँवरले १३३, लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेकाछन् । त्यस्तै सचिव पदमा चाम बहादुर क्षेत्रीले १३७ मत र भिम खड्काले ८८ मत प्राप्त गरेकाछन् ।

त्यस्तै उपसचिव पदमा मन्जु ज्ञवालीले १५४ मत नारायण प्रसाद थापाले १४९ मत र कमला चौधरीले ९७ मत प्राप्त गरेकाछन् । १ मत बदर भएको थियो । निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाकी अन्य सदस्यको सहभागिता गराईएको छ । २५१ कुल मत मध्य २४० मत खसेको थियो ।

अधिवेशनको पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले कार्तिक ७ गते कार्यक्रमको उद्घाटन रेकी थिइन् । अहिले रुपन्देहीका पालिकाहरुमा एमालेको अधिवेशन भइरहेको छ ।