आय विवरण अनुसूची १० सम्बन्धी परिपत्र विषयमा अन्तरक्रिया

मेचीकाली संवाददाता

१५ भाद्र २०७८, मंगलवार
786 shares

बुटवल । आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको आय विवरणको अनुसूची १० सम्बन्धी परिपत्रको विषयमा मंगलबार बुटवलमा सरोकारवालासँग छलफल गरिएको छ । आन्तरिक राजश्व कार्यालय भैरहवा, आन्तरिक राजश्व कार्यालय बुटवल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवलको संयुक्त आयोजनामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै अन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराज आचार्यले करदाताहरूलाई कठिनाई र असहजता सृजना नहुने गरी कार्यालयले काम गर्दै आएको बताए । आचार्यले करको विषयमा अझै साना व्यवसायीसँग जानकारी पुग्न नसकेको कर सम्बन्धी सचेतना आवश्यक रहेको बताए । आचार्यले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत धु्रव प्रसाद पाण्डेले समयमै कर तिनुपर्ने बताए । कार्यक्रममा अडान लुम्बिनी प्रदेशका अध्यक्ष तथा आइक्यान परीक्षा समितिका सदस्य गोविन्द प्रसाद रेग्मीले सरकारी कार्यालय र पालिकाहरुले इटिडिएस नगर्ने गरेको बताए । रेग्मीले आन्तरिक राजश्व कार्यालयले इटिडिएस नभए कर दाखिला भएको नमान्ने अवस्था भएकोले करदातालाई मर्का पर्ने बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बुटवलका अध्यक्ष शिवहरि शर्माले विगतका वर्षमा बढी दाखिला भएको कर स्वत यस वर्ष मिलन हुनुपर्ने पुन परीक्षण गर्नुपर्ने कुराले आयकर पेश गर्न ढिलो र समस्या हुने गरेको बताए ।

कार्यक्रममा अडिटर्स एशोसिएसन केन्द्रीय सदस्य तथा आइक्यान बुटवल शाखा सदस्य नेत्रप्रसाद ज्ञवाली, अडानका केन्द्रीय सल्लाहकारहरू डिआर शर्मा, श्रीधर राज शर्मा, अडान रुपन्देहीका अध्यक्ष नारायणप्रसाद घिमिरे, आइक्यान रुपन्देही अध्यक्ष छवि पोखरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, तिलोत्तमा चेम्बर अफ कर्मसका अध्यक्ष बाबुराम भुसाल, कर अधिकृत बसन्त अधिकारी, गोपाल गिरी, गेहेन्द्र प्रकाश गिरी, अडान रुपन्देही सचिव रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बुटवलका अध्यक्ष शिवहरि शर्माको अध्यक्षता तथा अडान लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।