तुलसीराम पौडेल —
सियारी, कार्तिक २४
रुपन्देहीको सियारी गाउँपालिका – ७ पश्चिम् अमवा स्थित जनता माविको खेलमैदानमा अध्यक्ष कप दोस्रो रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ।शुक्रबारको पहिलो चरण खेल वडा नम्बर १ हाटी अमवा र वाड नम्बर ३ बीच खेल प्रतिस्पर्धा भएको थियोे । प्रतिस्पर्धामा वडा नम्बर १ हाटी अमवाले १ का विरुद्ध ७ गोलको अन्तरले वाड नम्बर ३ लाई पराजित गरि विजय हासिल गरेको छ।वाड नम्बर १ का हाटी अमवाका जर्सी नम्बर १८ का सन्तोष थारुले
पहिलो हाफको ८ औ मिनेटमा पहिलो गोल र दोस्रो हाफको २० औ मिनेटमा दोस्रो गोल गरेका थिए । सोही टिमका जर्सी नम्बर १३ का सन्दिप पासिले दोस्रो हाफको ११औं ,१४ औं ,२५ औ मिनेटमा गोल हानी टिमको लागि ३ गोल प्राप्त गर्न सफल भएका थिए ।सोही टिमका जर्सी नम्बर ६ का गोपि पासीले दोस्रो हाफको दुई मिनेटमा एक गोल हासिल गरेका थिए । त्यसै गरि वाड नम्बर ३ समुहका जर्सी नम्बर ८ का दिलिप चौधरीले ६०थप २ मिनेटमा टिमको लागि १ गोल गरेका थिए ।
शुक्रबार सम्पन्न दोस्रो चरणको खेल अन्तरगत वाड नम्बर ५ र वाड नम्बर ७ को द राइजिङ्ग क्लब बीच खेल प्रतिस्पर्धा भएको थियोे ।सम्पन्न प्रतियोगितामा वाड नम्बर ७ को द राइजिङ्ग क्लबले १ का विरुद्ध ३ गोलको अन्तरले वाड नम्बर ५ लाई पराजित गरि विजय हासिल गरेको हो।
वाड नम्बर ७ का द राइजिङ्ग क्लबका जर्सी नम्बर ११ का प्रदीप केवटले पहिलो हाफको ७ औ मिनेटमा प्रहिलो गोल ,सोही टिमका जर्सी नम्बर १० का सुनिल केवटले १२ औं मिनेटमा दोस्रो गोल र दोस्रो हाफको २२ औ मिनेटमा जर्सी नम्बर ८ का रोग मल्लाहले तेस्रो गोल गरि टिमलाई विजय गराएका थिए ।
वाड नम्बर ५ समुहका जर्सी नम्बर ६ का सुसान्त भट्टराईले खेलको ६० थप २ मिनेटमा १ गोल गर्न सफल भएका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख १ हजार ,शिल र ट्रफी रहेको छ भने दोस्रो पुरस्कार ५१ हजार र ट्रफी रहेको गाउँपालिकाले जनाएको छ।