वालिङमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

मेचीकाली संवाददाता

२४ कार्तिक २०८१, शनिबार
276 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा दुर्गा खिमा फाउण्डेशनले कार्तिक २६ गते जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

फाउण्डेशनले स्थापनाकालदेखि विभिन्न शिक्षण संस्थाहरूसंग समन्वय गरेर शिक्षा क्षेत्र र विद्यार्थीसंग समय अनुसारको व्यवहारीक कार्य गर्दै आएको फाउण्डेशनका अध्यक्ष गोपाल कंडेलले शनिवार वालिङमा आयोजीत पत्रकार सम्मेलनमा बताए ।

देशको विद्यमान अवस्थामा वढ्दो वैदेशिक आकर्षण भईरहेको समयमा बढ्दो वैदेशिक आकर्षण, कारण र समाधान भन्ने शिर्षकमा प्रतियोगीले वतृत्व कला प्रस्तुत हुनेछन्। प्रतियोगिताको पुरस्कार प्रथम हुनेलाई २५ हजार, द्वित्तिय हुनेलाई १५ हजार, तृतिय हुनेलाई ७ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिने र सान्त्वना हुने २ जनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको फाउण्डेशनका अध्यक्ष कंडेलले बताए ।

पत्रकार सम्मेलनमा भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले प्रतिष्ठानको स्थापना र हालसम्म गरेका कार्यहरूको वारेमा जानकारी गराए । प्रतिष्ठानको नियमित रचनावाचनको ७८ओैं शृङ्खला र साहित्यिक यात्रा संगै गर्नका लागि दुर्गा खिमा फाउण्डेशन संग मिलेर आयोजना गरेको जानकारी दिए ।

दुई दिनसम्म आयोजना गरेको कार्यक्रमको पहिलो दिन प्रतियोगिता सन्चालन हुनेछ भने दोस्रो दिन एकादशीको अवसरमा त्रियासीवाट वसवाट कालीगण्डकी उत्तरवाहिनी सम्मको धार्मिक यात्रा र उत्तरवाहिनीमा सन्चालन भईरहेको धार्मिक महायज्ञमा सहभागी भएपछि साहित्यिक कार्यक्रम गरिने खनालले जानकारी दिए ।

२ दिनसम्म सन्चालन हुने कार्यक्रममा नियमित रचनावाचन कार्यक्रम समेत गरीने प्रतिष्ठानका सचिव श्याम ढुंगानाले जानकारी दिए फाउण्डेशनले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन भेषराज साहित्य प्रतिष्ठान स्याङ्जाले गर्नेछ ।