लुम्बिनी सास्कृतिकमा पोषण सम्बन्धि तालिम

मेचीकाली संवाददाता

२६ कार्तिक २०८१, सोमबार
223 shares

तुलसीराम पौडेल – 

लुम्बिनी ,कार्तिक २५ 

रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम आइतबार शुरु भएको छ।

लुम्बिनी सास्कृतिक नगरपालिकाको आयोजना र सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सहयोगमा  उक्त तालिम शुरु  भएको हो ।तालिममा बालबालिकाहरुको कुपोषणको अवस्था तथा हटाउने बारे प्रशिक्षण दिइएको थियोे ।

तालिमको सहजीकरण प्रशिक्षकहरु हेलेन केलर इन्टरनेसनल  फिल्ड  अधिकृत  जितेन्द्र कहाँर र सेतो गुराँस वालविकास सेवा रुपन्देहीको  कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठले गर्नु भएको थियोे ।

कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्विन मुसलमान ,उपप्रमुख कल्पना हरिजन ,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली लगायतले नगरपालिका अन्तरगतका बालबालिकाहरुलाई कुपोषण हुन नदिन विभिन्न किसिमको सहयोग गरिने बताउनु भयो । कार्यक्रममा सेतो गुराँस बालविकास सेवा रुपन्देहीका बोर्ड सदस्य ज्योति यादव , सेतो गुराँस वालविकास सामुदायिक परिचालकहरु मिना कुमारी चौधरी र प्रविन कुमार उपाध्यायको सहभागिता रहेकोे थियोे ।

स्वास्थ्य शाखा प्रमुख ध्रुब राज घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सिअहेव अधिकृत बुद्ध  नाथ बरैइले गर्नुभएको थियोे।