लायन्स क्लब अफ बाणगंगाद्वारा राहत हस्तान्तरण

मेचीकाली संवाददाता

१५ भाद्र २०७८, मंगलवार
725 shares

पार्बती आचार्य
कपिलवस्तु । मानव सेवामा समर्पित सहकार्य अभियानमा जुटौ र जितौं विपदलाई भन्ने मुल नाराका साथ लायन्स क्लव अफ बाणगंगाले राहत हस्तान्तरण गरेको छ ।

बाणगंगा नगरपालिका वडा नं. १० र ११ का १७ घर परिवारलाई ४ क्वीन्टल ७५ किलो चामल हस्तान्तरण गरिएको विपदमा खाद्यान्न कार्यक्रम संयोजक खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिए ।

गत बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण बढी प्रभावित भएका परिवारलाई सहयोग गर्न लायन्स क्लबले अभियानको थालनी गरेको छ । घरभित्र बाढी पसेर अन्नपात सबै नष्ट भएको छ सारै समस्यामा परेका छन् भन्ने खबरपाएपछि केही राहत बोकेर पीडीतहरुलाई सानो सहयोग गर्न लायन्स क्लव नगरको वडा नं. १० र ११ को पदम पुरमा पुगेको हो ।

अबिरल वर्षाका कारण पिडीत अशोक थारु, रिता थारु, शिव पासी र अनु दजीै लगाएतका १७ परिवारहरुले राहत पाएपछि लायन्स क्लव अफ बाणगंगालाई धन्यवाद दिएका छन । यस्तै सोही गाउँको मन्दिर समेत अस्तब्यस्त भएको खबर पाएपछि मन्दिरका साधु बाबालाई १ थान त्रिपाल समेत हस्तान्तरण गरिएको छ ।

मानव सेवामा समर्पित सहकार्य अभियानमा जुटेको लायन्स क्लवले सेवालाई निरन्तरता दिन नगरका ११ वटै वडामा पुग्ने लायन्स क्लब अफ बाणगंगाका अध्यक्ष रमेश चन्द्र भुषालले जानकारी दिए । राहत हस्तान्तरण गर्न क्लवका अध्यक्ष लगाएत सदस्यहरु सहितको टोलि पुगेको थियो ।