अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग

मेचीकाली संवाददाता

२८ कार्तिक २०८१, बुधबार
114 shares

बुटवल। ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनको १८ औँ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो । बुधवार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको लागि न्यानो कपडा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनले ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामाग्रीहरू वितरण गरिएको बताए । आश्रमका अध्यक्ष डोल बहादुर रामदानले अनाथ सँगै अपाङ्ग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ संस्थाको सहयोग बाट आश्रम चलिरहेको बताए । उनले हाल आश्रममा ३८ जना आश्रित रहेको बताउँदै उनले २१ जना पुरुष र १७ जना महिला रहेको जानकारी दिए ।

कार्यक्रममा काउन्सिलर प्रविना खनाल, क्यानडा संयोजक प्रशान्त न्यौपाने, अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।