सियारीमा पालिकास्तरीय स्वास्थ्य सस्थाहरुको वार्षिक प्रगति समिक्षा तथा योजना गोष्ठी

मेचीकाली संवाददाता

१५ भाद्र २०७८, मंगलवार
839 shares


तुलसी राम पौडेल
सियारीं, भाद्र १५
रुपन्देहीको सियारी गाउपालिकामा दुइ दिने पालिका स्तरीय स्वास्थ्य सस्थाहरुको वार्षिक प्रगति समिक्षा तथा योजना गोष्ठी मंगल बार शुरु भयो। सियारी गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा विगत तिन वर्षको अवधिमा लक्ष्य अनुसारको प्रगतिको तुलना एवं समिक्षा र हाल आर्थिक वर्षको लागि स्वास्थ्य योजना बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले स्वास्थ्य सम्बन्धि राम्रा राम्रा योजनाहरु बनाउन आग्रह गर्नुभयो। तपाईंहरुले यसै कार्यक्रममा राम्रा राम्रा स्वास्थ्य योजना बनाउनुस गाउपालिकाले कार्यान्वयन गर्छ गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको भनाइ थियो ।साथै उहाले गाउपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनु भयो। समिक्षा गोष्ठीमा गाउपालिका अन्तरगतका स्वास्थ्य सस्थाहरुका प्रमुख तथा सहायकहरुको सहभागिता रहेको थियो ।
स्थानीय स्वास्थ्य सस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु अन्तरगत खोप सेवा,पोषण सेवा,सुरक्षीत मातृत्व सेवा ,एकीकृत बाल रोगको व्यवस्थापन ,पुर्व प्रसुती ,प्रसुति र उत्तर प्रसुतो सेवा ,परिवार स्वास्थ्य सेवा ,परिवारनियोजन सेवा,अस्थायी साधन वितरण ,किशोर किशोरी प्रजनन स्वास्थ सेवा , सरुवा रोग नियन्त्रण अन्तरगत झाडापखाला ,हैजा ,टाइफाइड ,मलेरिया ,डेगु ,क्षयरोग ,कुस्टरोग ,हात्ती पाइले रोग ,कोभिड -१९ आदि ।त्यसै गरी ल्याब सेवा ,जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा,एम्बुलेन्स सेवा,महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम ,सामान्य रोगको रोकथाम र उपचार सेवा लगायत रहेका छन् ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईको अध्यक्षता,सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यता, गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिबाट स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश , स्वास्थ्यका लागि सक्षम प्रणाली रुपन्देहीका रोशन अधिकारीबाट प्राविधिक सहयोग रहेकोे कार्यक्रमको संचालन गाउपालिका स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत ललिता पुनले गर्नु भएको थियोे ।