बिग एजुकेशनको छैठौं शाखा बुटवलमा

मेचीकाली संवाददाता

१ मंसिर २०८१, शनिबार
325 shares

बुटवल । विद्यार्थीहरुलाई वैदेशिक शैक्षिक परामर्श सेवा दिँदै आएको बिग एजुकेशन कन्सल्टेन्सीको छैठौ शाखा बुटवलमा शुभारम्भ गरेको छ । काठमाडौंमा एक दशकदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको कन्सेल्टेन्सी शनिबारदेखि बुटवलको मिलनचोकमा कार्यालय शुभारम्भ गरिएको हो ।

कार्यक्रमको ईक्यान केन्द्रका अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गर्दै अभिभावक र विद्यार्थीहरुको सपनालाई साकार बनाउन संस्थागत रुपमा ईक्यान सहकार्य गर्दै आएको दाबी गरे । कार्यक्रममा बिग एजुकेशनका संस्थापक सुरज केसीले एक दशकको यात्रामा संस्थाबाट गुणस्तरीय परामर्शको लक्ष्यलाई पुरा गरेको बताए । कार्यक्रममा अमेरिकन कर्नरका संस्थापक अध्यक्ष दिलिप भट्टराईले शिक्षाको माध्यममा आमुल परिवर्तन भएको भन्दै विश्वब्यापी शिक्षाको नया पुस्ताप्रतिको मागलाई परामर्शदाताहरु सहयोग रहेको बताए ।

र्यक्रममा ईक्यान रुपन्देही अध्यक्ष गिरिराज पाण्डेले सिकाई कहिले अन्त्य नहुने भन्दै अध्ययनलाई समयसापेक्ष अघि बढाउनुपर्ने बताए । एलआईएम कलेजका सुर्यदिप घतानेले विद्यार्थीहरुको उत्कृष्ट कन्सेल्टेन्सीका रुपमा अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा एभिल्ला युनिभर्सिटीका जुगल आचार्यले विगतदेखिको सहकार्य धेरै महत्वपुर्ण भएको बताए । बिग एजुकेशन बुटवल शाखाका म्यानेजिङ डाईरेक्टर रक्षा बज्राचार्यले बुटवलमा धेरै राम्रो शुरुवात भएको बताइन । भर्खरमात्र युके एडमिसन डे समेत शुरु भएको हुदा विद्यार्थीहरुलाई अफरहरु समेत रहेको उनले बताईन । एजुकेशनमा ओपनिङमा एडमिसन शुल्क फ्रि गरिएको तथा आईइएलटिएस र पिटिमा ५० प्रतिशत छुट दिईनेछ ।

कार्यक्रममा अमेरिकन कर्नर रुपन्देहीका दिपिका गिरि, पूर्व डिआईजी केश बहादुर शाही, ईक्यानका निवर्तमान अध्यक्ष देव कुवर, बिग एजुकेसन बुटवलका अध्यक्ष प्रमित बज्राचार्यले सहि परामर्शको अभावमा दुख पाएका विद्यार्थी र अभिभावकलाई कन्सल्टेन्सीबाट उपयुक्त सहयोग मिल्नेमा आशाबादी रहेको बताए । शाखाबाट अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा, न्युजिल्यान्डमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श र आवश्यक सहयोग दिईने छ ।