लक्ष्मी बहुउद्देश्यीय सहकारीको साधारणसभा

मेचीकाली संवाददाता

१ मंसिर २०८१, शनिबार
87 shares

बुटवल । बुटवल–९ स्थित लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खुसीराम आचार्यको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै तुलाचनले सहकारी संस्थाको ऋण लगानी गर्ने र व्याज मात्र असुल्ने काम नभएको भन्दै सहकारीलाई उद्यमी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

सहकारीका अध्यक्ष आचार्यले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै सहकारी संदस्य वृद्धि गरी ६ सय पुराउने बताए । साथै उनले शेयर सदस्यहरुलाई उत्पादनमा जोड्नुपर्ने र उत्पादनमा जोडिएका शेयर सदस्यहरुलाई सहुलियत कर्जाको व्यवस्था गर्ने बताए । उनले सहकारी मोबाइल एप्स सञ्चालन गर्ने, धितो सुरक्षणमार्फत कर्जा प्रवाह गरिने जस्ता योजना बनाएको बताए ।

सहकारीमा हाल ४६५ सदस्य छन् । संस्थामा २ करोड ७६ लाख ६१ हजारभन्दा बढीको वासलात रहेको छ भने सेयर पुँजी ६५ लाख ४८ हजार रहेको छ । कार्यक्रममा लेखा संयोजक गोकुल आचार्य, आवास सहकारीका अध्यक्ष जीवन अधिकारी, कार्य समिति सदस्य सरोज पोखरेललगायतले बोलेका थिए । कार्यक्रम उपाध्यक्ष मञ्जु घिमिरे भट्टराईको स्वागत तथा सचिव बाबुराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।