अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच

मेचीकाली संवाददाता

५ मंसिर २०८१, बुधबार
164 shares

अनिल नेपाली

अर्घाखाँची। जिल्ला कारागार अर्घाखाँचीमा रहेका कैदीबन्दीहरुको निःशुल्क रुपमा आँखाको जाँच गरिएको छ । सन्धिखर्क नगरपालिका र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोग साथै रोटरी क्लब अफ महाराजगन्ज काठमाडौ, अर्घाखाँची दियो बिकास केन्द्रको आर्थिक सहयोगमा जिल्ला कारागारमा रहेका कैदि बन्दीहरुको आँखा जाच गरी चस्मा बितरण गरिएको हो ।

रास्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टन्डनको उपस्थितमा कारागार प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनाराण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगर पालिकाका उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल, नेपाल नेत्र ज्योति संघका अध्यक्ष दलबहादुर केसी, आँखा अस्पतालका प्रमुख सागर घिमिरे, कारागार प्रमुख पोमकला भन्डारीको उपस्थित रहेको थियो । अर्घाखाँची कारागारमा ८५ जना पुरुष तथा ६ जना महिला बन्दीहरु रहेका छन् ।