उपकार सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

८ मंसिर २०८१, शनिबार
125 shares

वालिङ । स्याङ्जाको वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा तथा वालिङ सेवाकेन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक गण्डकीका संयोजक रामबहादुर जिसीले उपकार सहकारी जिल्लाकै अगुवा भएको बताए ।

देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको उनले बताए । यतिबेला सहकारी क्षेत्रमा निरासा छाएको बताउँदै देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा जिसीले जोड दिए ।

संस्थाले वालिङ नगरपालिका ८ र १३ को बायँटारी, चापाकोटको दामाचौर तथा कालीगण्डकी गाउँपालिकाको मिर्मीगरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर वित्तीय सेवा दिदै आएको छ । यसैगरी वालिङकै ७ नम्वर वडाको केवँरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ ।

यी सबै स्थानमा इकाई साधारणसभा सम्पन्न गरी शनिबार मुख्य कार्यालय वालिङमा प्रतिनिधि साधारणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिए । साधारसभाको अवसरमा संस्थामा नियमित बाल बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । २०५० सालमा २७ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १० हजार ३४ जना सदस्य रहेका छन् ।