बाणगंगा सामुदायिक पुस्तकालयले मनायो चौधौं पुस्तकालय दिवस

मेचीकाली संवाददाता

१६ भाद्र २०७८, बुधबार
699 shares

पार्बती अचार्य
कपिलवस्तु, भदौ १६ । बाणगंगा सामुदायिक पुस्तकालयले चौधौँ पुस्ताकालय दिवस मनाएको छ । सकरात्मक सोचको अभिबृद्धिका लागि बाणगंगा सामुदायिक पुस्ताकालय भन्ने नाराका साथ बाणगंगा नगरपालिकाको समन्वयमा उक्त दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले पुस्तकालयले बौद्धिक जगतलाई एकतृत गर्ने र ज्ञानको भण्डार पस्कने भएकाले नगरले आवश्यक रुपमा सहकार्य गर्ने बताए । त्यस्तै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालले समाज बिकासको सुचक पुस्ताकालय भएको हुँदा नगरमै पुस्ताकालय सञ्चालन गरी बिभिन्न रचनात्मक कामहरु गर्दै आएकोप्रति धन्यवाद दिए ।

उनले नगरबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सधैव लागिपर्ने प्रतिबद्धता जनाए । यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले पुस्ताकालयका माध्यमबाट यहाँका पर्यटकीय र ऐतिहासिक क्षेत्रको बिकासमा थप टेवा पुगिरहेको बताए ।

कार्यक्रममा बाणगंगा सामुदायिक पुस्ताकालयका सल्लाहकार पोमनारायण पौडेल, समाजसेवि कमल चुदाँली र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले पुस्तकालयलाई वर्तमान परिस्थितिसंग जोडेर प्रविधीमैत्री बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । यसैगरी लेखनाथ घिमिमरे, लिला खत्री , उमा बेल्बासेलेलगायतले कबिताबाचन गरेका थिए ।

बाणगंगा पुस्ताकालयका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष दोलखबहादुर पछाईको स्वागत तथा पुस्ताकालयका सचिब बुद्धिसागर बेल्बासेको सञ्चालनमा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।