फिनल्याण्ड र युरोप पढ्न जानेका लागि बुटवलमा शैक्षिक परामर्श गरिँदै

मेचीकाली संवाददाता

१३ मंसिर २०८१, बिहीबार
110 shares

बुटवल । फिनल्याण्डलगायत युरोपेली मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरेर आईडीबी ग्लोबल बुटवलले परामर्श कार्यक्रम गर्ने भएको छ ।

फिनल्याण्डबाटै प्रतिनिधिहरू आएर हुन लागेको यो शैक्षिक परामर्श कार्यक्रम बुटवलमै पहिलो रहेको आयोजकले बताएका छन् । कार्यक्रम यहीँ मंसिर १४ गते १० बजेदेखि बुटवल सीटी सेन्टरमा रहेको कार्यालयमा हुनेछ ।

फिनल्यान्डकै विश्वविद्यालयका प्रतिनिधि र युरोपका अन्य विश्वविद्यालयका काउन्सेलरहरूको उपस्थितिमा बुटवलमा पहिलो पटक युरोप अध्ययन सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको सहजकर्ता टंक पन्थीले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरूलाई युरोपेली विश्वविद्यालयमा अध्ययन गर्न चाहनेहरूको लागि महत्वपूर्ण अवसर प्रदान गर्ने उनको दाबी छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले एक-एक परामर्श सत्रमा भाग लिन पाउनेछन् । युरोपेली विश्वविद्यालयको प्रवेश प्रक्रिया, छात्रवृत्ति र शैक्षिक कार्यक्रमहरूबारे जानकारी प्राप्त गर्नेछन्। साथै भिसा प्रक्रिया र युरोपमा अध्ययनपछि उपलब्ध अवसरबारे स्पष्ट जानकारी गराइने आयोजकले बताएका छन् ।

यो कार्यक्रम बुटवलमा पहिलो पटक आयोजना गरिएकोले विद्यार्थी र अभिभावकहरूका लागि महत्त्वपूर्ण अवसर रहेको आयोजकको दाबी छ ।

यस्ता छन् कार्यक्रमका विशेषता
फिनल्यान्डको भासा विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष छलफल, युरोपका विभिन्न विश्वविद्यालयका अनुभवी काउन्सेलरहरूसँग छलफलका साथै युरोप अध्ययनका अवसर र प्रक्रियाबारे विस्तृत जानकारी लिन सकिनेछ आईडीबी ग्लोबल एजुकेशनसँग बुटवलका सहजकर्ताहरुले बताएका छन् । (प्रायोजित)