मानव अधिकार समूह बुटवलद्धारा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा छलफल

मेचीकाली संवाददाता

१६ भाद्र २०७८, बुधबार
655 shares

बुटवल । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकार्यलाई जबाफदेही बनाउन पहल गर्दै आएको छ । मानव अधिकार समूह बुटवल उपमहानगरपालिककाले समस्या पहिचान र योजना निमार्णका लागि मानव अधिकार समूहको बैठक बुटवलमा सम्पन्न भएको छ ।

बुटबलमा उपमहानगरपालिकाभित्र कार्य क्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी कार्ययोेजना निर्माण गरिएको मानव अधिकार समूहका अध्यक्ष कमला भण्डारी ज्ञवालीले जानकारी गराइन् । उक्त बैठकमा बोल्दै बुटबल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले नगरभित्र देखिएका हरेक प्रकार समस्याहरुलाई समाधान गर्न मानव अधिकार समूहको पहल सकरात्मक रहेको बताए ।

शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा उपमहानगरपालिका सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रवक्ता रेग्मीले केही दिनमा उपमहानगरपालिकाले सबै विद्यार्थीलाई कोराना विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्ने बताए । युवा समाजसेवी राजेन्द्र ढकालले विद्यार्थीलाई खोपको व्यवस्थापन गरी विद्यालय सञ्चालन गर्न आग्रह गरे ।

कमला भण्डारी ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम मानव अधिकार समूहका सल्लाहकार दिनानाथ भट्टराई, मानव अधिकार सञ्जाल रुपन्देहीका संयोजक समुन्द्र जीसी, मानव अधिकार समूहका उपाध्य डोलराज पाण्डे, इन्सेक सहजकर्ता विष्णु घिमिरेलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव सन्तोष केसीले गरेका थिए ।