बुटवलमा फ्रेड्स सिनेमा सञ्चालनमा

मेचीकाली संवाददाता

१४ मंसिर २०८१, शुक्रबार
62 shares

बुटवल । बुटवलको अमरपथस्ति सिह कम्प्लेक्समा फ्रेड्स सिनेमा सञ्चालनमा आएको छ । तीनजना युवाहरुले रोयल सिने हब प्रालिद्वारा फ्रेड्स सिनेमा सञ्चालनमा ल्याएका हुन् । शुक्रबारदेखि हल औपचारिक रुपमा सञ्चालन हुने भएको हो । ३ वर्ष अघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उद्देश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरी ३ जना साथीहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल सञ्चालन र फिल्म डिष्ट्रिब्युटर सुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल सञ्चालनमा ल्याएका हुन् ।

रोयल सिने हब प्रालिका सञ्चालक पुष्कर घिमिरेले चेन सिनेमासंगै डिष्टिब्युसनसमेत अघि बढाउने बताए । फर्कीफर्की, कुश्मा र १२ गाउँलगायत फिल्म डिष्ट्रिब्यसन गरेको भन्दै उनले स्विटर, बलिदान, फेरि रेशम लिरिरिलगायत फिल्महरु पाइपलाइनमा रहेको बताए । नयाँ व्यवस्थापनमा हल सञ्चालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरु संवद्र्धनमा करिब १ करोड रुपैयाँ खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरी एसी र साउण्ड गुणस्तरलाई समेत विशेष व्यवस्था गरिएको छ । मूभि ठेयटरलाई उपयोगी हुने हलको डल्बी साउण्ड गुणस्तर रहेको छ ।

बिहानी शो न्यून र डिल्स डे (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यू सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट सञ्चालन हुने उनले बताए । बक्स अफिस तल्लो र माथिल्लो तलामा गरी दुवै स्थानमा राखिएको उनले बताए । टिकट अनलाइन रहेको छ । उद्घाटनको पहिलो हप्ता हुदा दर्शकहरुलाई १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाँचदेखि ६ शो देखाउने उनले बताए ।