बुटवलमा शनिबार यामाहाको माइलेज च्यालेन्ज हुँदै

मेचीकाली संवाददाता

१४ मंसिर २०८१, शुक्रबार
67 shares

बुटवल, मंसिर १४ (मेसस) । बाइकर्स बुटवल प्रालिले यामाहा माइलेज च्यालेन्ज र ¥यालीको आयोजना गरेको छ । भोलि (शनिबार) हुन लागेको यामाहा RayZR 125 FI Hybrid माइलेज च्यालेन्ज एण्ड ¥यालीमा बुटवलमा ३० जना भन्दा बढी रेजेडआर चालकहरूको सहभागिता रहने छ ।

नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भनेर चर्चित यामाहाको RayZR का लागि यस माइलेज च्यालेन्जबाट उक्त चर्चा सत्य साबित गर्ने मौका र ग्राहकहरूबाट पाउँदै आएको भरोसालाई थप बलियो बनाउने अवसर मिल्नेछ । कार्यक्रम यामाहा शोरुम बुटवलबाट सुरु भएर जीतपुरसम्म सम्म सञ्चालन हुनेछ भने उक्त ¥यालीमा बढी माइलेज दिने RayZR 125 FI Hybrid चालकहरूलाई विजेता तोकिने छ ।

सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे समेत जानकारी लिन यस्ता कार्यक्रम नियमित आयोजना गर्ने गरेको यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल बताए ।