बुटवल । राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले डा.समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा डा.रमेश भट्टराई र डा.पुष्पराज रिजाल साथै महासचिवमा डा.सम्राट पराजुली, कोषाध्यक्षमा डा.अमृता पाण्डे, सहसचिवमा डा. कृतिपाल सुबेदी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा.युधिष्ठिर राज खड्का, डा.खगेन्द्र आचार्य, डा.अरुण ज्ञवाली, डा.राजेन्द्र पौडेल, डा.बिनोद सिंह, डा.परिधि भट्टराई, डा.कृष्ण खरेल, डा.सुवास शर्मा, डा.संगीता अधिकारी, डा.बिशाल काफ्ले र डा.जितेन्द्र कोईरला चयन भएका छन् । यस्तै सल्लाहकारहरूमा डा.प्रश्यिचीत श्रेष्ठ, डा.गोकर्णराज पन्थी, डा.सन्तोष पोखरेल, डा.किशोर बञ्जाडे चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रका समस्या मिलेर समाधान गर्न आवश्यक रहेको बताए । नेपालका नागरिकहरुको स्वास्थ्य अवस्थाको सुधारका चिकित्सकहरुको भुमिका महत्वपुर्ण रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि बर्तमान सरकार प्रयत्नशिल रहेको बताउदै सरकारले नागरिक स्वास्थ्यका क्षेत्रमा देखाएको सम्वेदनशिलतालाई चिकित्सकहरुले बुझ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) पार्टी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री लिला गिरी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको केन्द्रीय अध्यक्ष डा.झलक गौतम, राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रीय अध्यक्ष डा.जागेश्वर गौतम, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज खगराज पोखरेल लगायत प्रदेशका बिभिन्न जिल्लाका चिकित्सकरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा डा.झलक गौतम, डा.जागेश्वर गौतम, डा.कृष्ण अधिकारी, डा.प्रायश्चित श्रेष्ठ, डा.बद्री चापागाईं लगायतले आम चिकित्सकहरु र संगठित चिकित्सकहरुको मनोबल बढाउने प्रशिक्षण दिँदै आफूले चिकित्सकिय जीवनमा भोग्नुपरेका समस्या र महत्वपूर्ण सुझावहरु दिएका थिए । कार्यक्रम प्रदेश ईन्चार्ज डा.सागर न्यौपानेले सञ्चालन गरेका थिए ।